default_image

1 year ago

May 1, 2023

आज खेल नहुने उच्च सम्भावना

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षासँगै एसिसी प्रिमियर कपको फाइनलमा आज युएई र नेपालबीचको खेल नहुने उच्च सम्भावना छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा लगातार वर्षा भएको छ ।

तर वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल हुन सकेको छैन । टियुमा अहिले पनि वर्षा जारी छ । त्यसैको कारण आज खेल नहुने उच्च सम्भावना छ । अम्पायरले केहि समयमा आधिकारीक रुपमा बताउनेछन् ।

आज खेल पुन सुरु हुन नेपालले कम्तिमा २० ओभर ब्याटिङ गर्ने समय हुनुपर्छ । कम्तिमा पनि मैदान सुकाउन एक घण्टा समय लाग्नेछ । २० ओभर ब्याटिङ गर्न कम्तिमा पनि एक घण्टा समय लाग्छ । खेलको कट अफ टाइम अर्थात अन्तिम बल खस्ने समय ५ : २४ छ । निरन्तर वर्षा भएको छ ।

वर्षा रोकिएपनि अव खेल हुने सम्भावना निकै कम रहन्छ । खेल हुने सम्भावना नदेखेपछि दर्शकपनि फर्किन थालेका छन् । दुबै टोलीका खेलाडी डग आउटमा छन् । मैदानको अधिकाम्स ठाउँमा कभरले ढाकिएको छ । आज नहुँदा मंगलबार हुनेछ । मंगलबार युएईले १०६–९ को अवस्थाबाट खेल सुरु गर्नेछ । मंगलबार पनि वर्षाको सम्भावना छ । मंगलबार नतिजा आउन नसकेमा सुपर ओभरबाट नतिजा निकाल्नु पर्ने हुन्छ । यदि वर्षाको कारण सुपर ओभर पनि हुन नसकेन भने नेपाल एसिया कपमा पुग्नेछ ।

सुपर ओभर पनि वर्षाको कारण हुन नसके ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् । नेपालका स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक नजिक छन् । युएईका आसिफ खान सर्वाधिक ४६ रनमा आउट भए ।

उनी स्पिनर ललित नारायण राजवंशीको २८ औं दोस्रो बलमा आसिफ खान एज लागेर आरिफ शेखबाट क्याच आउट भए । उनले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा जहुर खान स्लिपमा क्याच आउट भए । तर ह्याट्रिक बलमा भने पानी परेपछि पिच कभरले ढाक्न बोलाएका थिए । त्यसपछि वर्षा रोकिएको छैन ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.