default_image

2 years ago

May 1, 2023

नेपालको सानदार बलिङसँगै संकटमा युएई

334 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको फाइनल खेलमा सानदार बलिङ गरेपछि युएई संकटमा पुगेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले १३.१ ओभरमा ५ विकेट गुमाउँदै ५१ रन बनाएको छ । क्रिजमा आसिफ खान १४ रनमा छन् । उनलाई बसिल हमिदले साथ दिनेछन् ।

सुरुवातमै नेपालले पाँच विकेट लिएपछि युएईलाई दयनीय अवस्थामा पुर्याएको छ । चोभार एण्डबाट आएका तीव्र गतिका बलर सोमपाल कामीको चौथो ओभरको पहिलो बलमा गल्लीमा युएईका कप्तान मोहम्मद वासिम ११ रनमा टप एज लागेर ललितनारायण राजवंशीबाट क्याच आउट भए । उनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

यस प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै क्याच आउट भए । तीव्र गतिका बलर करण केसीको पाँचौं ओभरको पाँचौं बलमा वृत्य सट खेल्ने धुनमा आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए ।

आर्यन लाक्राले ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए । स्पिनर ललितको आठौं ओभरको पाँचौं बलमा डप स्क्वायर लेगमा भीम सार्कीले क्याच छाड्न पुगेका थिए । तर करण केसीको लगत्तै अर्को ओभरको पहिलो बलमा आर्यन १३ रनमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

स्पिनर ललितको १० औं ओभरको पहिलो बलमा अनुभवी ब्याटर रमिज शाहजाद लङअनमा गुलशन झाबाट ५ रनमा क्याच आउट भए । सन्दीप लामिछानेको १४ औं ओभरको पहिलो बलमा रोहन मुस्तफा सट लेगमा कुशल मल्लबाट दुई रनमा क्याच आउट भएपछि संकटमा पुगेको छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.