2 years ago
May 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी डेब्यू गरेपछि प्रदर्शनको आधारमा पहिलो पटक बेन्चमा बसेका छन् । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ ।
दीपेन्द्रसिंह ऐरीको स्थानमा गुलशन झालाई मौका दिएको छ । दीपेन्द्रले २०१७ मा केन्यासँग नेपाली क्रिकेट टोलीमा डेब्यू गरेपछि प्रदर्शनको आधारमा पहिलो पटक बेन्चमा बसेका हुन् । दीपेन्द्रले पछिल्लो समय ब्याटिङमा कमजोर प्रदर्शन गर्दै आएका छन् । फिल्डिङ र बलिङमा भने उनले सानदार प्रदर्शन गर्दै आएका छन् । गुलशनले राम्रो ब्याटिङ गर्ने हुँदा उनलाई मौका दिएको हो । दीपेन्द्र २०२१ मा चोटका कारण भने नेपाली टोली बाहिर थिए ।
आजको खेलमा टस निकै महत्वपूर्ण हुनेछ । वर्षाले खेल प्रभावित हुने उच्च सम्भावना हुँदा टस निकै महत्वपूर्ण मानिएको छ । आज वर्षाको कारणले खेल रोकिएमा जुन अवस्थामा रोकिन्छ त्यहिँबाट सुरुहुनेछ । त्यसैले पहिला ब्याटिङ गर्ने टोलीलाई केहि घाटा हुनसक्छ । अर्कोतर्फ पछिल्लो दुई दिनदेखी पानी परेको हुँदा पहिला ब्याटिङ गर्ने टोलीलाई केहि कठिन पर्नसक्छ । नेपालले निकै महत्वपूर्ण टस जितेको हो ।
नेपाल समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको हो । कुवेतसँगको सेमिफाइनल खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो । उता युएईले सेमिफाइनलमा ओमानलाई दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अन्तिम बलमा विकेट लिदै रोमान्चक रुपमा फाइनलमा पुगेको थियो ।
एसोसिएट यी दुई चर्चित टोलीबीच भारत र पाकिस्तानसँग खेल्न कडा प्रतिस्पर्धा हुनेछ । नेपाल घरेलु मैदान, कन्डिसन, दर्शक र पछिल्लो समयको लयलाई निरन्तरता दिँदै एसिया कपमा पुग्न चाहन्छ । युएई विष्फोटक ब्याटिङलाई निरन्तरता दिँदै नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्न खोज्नेछ ।
तर आज फाइनल खेल वर्षाले प्रभावित हुने उच्च सम्भावना छ । आज काठमाडौंमा भारी वर्षाको सम्भावना छ । वर्षा भएमा खेल जहाँ रोकिएको छ अर्को दिन त्यहिँबाट नै सुरुहुनेछ । यदि मंगलबार खेलको नतिजा आउन नसकेमा सुपर ओभर खेलाउन प्रयास गरिनेछ ।
सुपर ओभर टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि हुन सक्ने अवस्था नभएमा नेपाल आइसिसी वरियताको कारण एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]