1 year ago
May 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिसी प्रिमियर कपको फाइनल युएईविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
आजको खेलमा टस निकै महत्वपूर्ण हुनेछ । वर्षाले खेल प्रभावित हुने उच्च सम्भावना हुँदा टस निकै महत्वपूर्ण मानिएको छ । आज वर्षाको कारणले खेल रोकिएमा जुन अवस्थामा रोकिन्छ त्यहिँबाट सुरुहुनेछ । त्यसैले पहिला ब्याटिङ गर्ने टोलीलाई केहि घाटा हुनसक्छ । अर्कोतर्फ पछिल्लो दुई दिनदेखी पानी परेको हुँदा पहिला ब्याटिङ गर्ने टोलीलाई केहि कठिन पर्नसक्छ । नेपालले निकै महत्वपूर्ण टस जितेको हो ।
नेपाल समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको हो । कुवेतसँगको सेमिफाइनल खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो । उता युएईले सेमिफाइनलमा ओमानलाई दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अन्तिम बलमा विकेट लिदै रोमान्चक रुपमा फाइनलमा पुगेको थियो ।
एसोसिएट यी दुई चर्चित टोलीबीच भारत र पाकिस्तानसँग खेल्न कडा प्रतिस्पर्धा हुनेछ । नेपाल घरेलु मैदान, कन्डिसन, दर्शक र पछिल्लो समयको लयलाई निरन्तरता दिँदै एसिया कपमा पुग्न चाहन्छ । युएई विष्फोटक ब्याटिङलाई निरन्तरता दिँदै नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्न खोज्नेछ ।
तर आज फाइनल खेल वर्षाले प्रभावित हुने उच्च सम्भावना छ । आज काठमाडौंमा भारी वर्षाको सम्भावना छ । वर्षा भएमा खेल जहाँ रोकिएको छ अर्को दिन त्यहिँबाट नै सुरुहुनेछ । यदि मंगलबार खेलको नतिजा आउन नसकेमा सुपर ओभर खेलाउन प्रयास गरिनेछ ।
सुपर ओभर टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि हुन सक्ने अवस्था नभएमा नेपाल आइसिसी वरियताको कारण एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।
नेपालको प्लेइङ ११ ः
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]