default_image

2 years ago

May 1, 2023

नेपाल र युएईलाई वर्षाको चिन्ता

451 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । यस खेलको विजेता टोलीले आगमी सेप्टेम्बरमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ ।

तर आज काठमाडौंमा मौसम पूर्वअनुमानका अनुसार भारी वर्षा हुने सम्भावना छ । खेल सुरु हुने समयमा विहान ९ बजे ७८ प्रतिशत वर्षा हुने सम्भावना छ । दिउँसो ३ बजेसम्म ८७ प्रतिशत सम्म वर्षा हुने सम्भावना छ ।

दिउँसो ४ बजेपछि विस्तारै घट्नेछ । तर वर्षा भने रोकिने सम्भावना कम रहन्छ । खेलको कट अफ टाइम (अन्तिम बल खस्ने समय) ५ : २४ छ । त्यसैले दुबै टोलीलाई वर्षाको चिन्ता छ । पछिल्लो तीन दिनदेखी काठमाडौंको आकाश पुरै कालो बादलले ढाकेको छ ।

नेपाल समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको हो । कुवेतसँगको सेमिफाइनल खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो । उता युएईले सेमिफाइनलमा ओमानलाई दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अन्तिम बलमा विकेट लिदै रोमान्चक रुपमा फाइनलमा पुगेको थियो ।

यदि वर्षाको कारण आज खेल रोकिएमा मंगलबार पनि हुनेछ । खेल जहाँबाट रोकिएको छ मंगलबार त्यहिबाट सुरुवात गर्नुपर्ने हुन्छ । मंगलबार पनि वर्षाको सम्भावना छ । मौसम पूर्वअनुमानका अनुसार आगमी विहीबार सम्म वर्षाको सम्भावना छ ।

मंगलबार पनि खेल हुन नसके सुपर ओभरमा जानेछ । डकवर्थ लेविस पद्धतिको आधारमा नतिजा निकाल्न दोस्रो ब्याटिङ गर्ने टोलीले २० ओभर खेलेको हुनुपर्छ । दोस्रो टोलीले २० ओभर खेलेको छैन भने नतिजा आउँदैन । यदि मंगलबार पनि नतिजा आउन सकेन भने खेल सुपर ओभरबाट विजेता घोषणा गर्ने प्रयास अम्पायरले गर्नेछन् ।

तर सुपर ओभर पनि गर्ने अवस्था नरहेमा नेपाल एसिया कपमा पुग्नेछ । नियम अनुसार ओडिआई वरियतामा माथि रहने टोलीले एसिया कप खेल्न पाउनेछ । नेपाल ओडिआई वरियतामा १४ औं र युएई १९ औं स्थानमा छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.