default_image

1 year ago

May 1, 2023

नेपालले उपाधिका लागि आज युएईसँग खेल्दै

279 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । यस खेलको विजेता टोलीले आगमी सेप्टेम्बरमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ।

नेपाल समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको हो । कुवेतसँगको सेमिफाइनल खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो । उता युएईले सेमिफाइनलमा ओमानलाई दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अन्तिम बलमा विकेट लिदै रोमान्चक रुपमा फाइनलमा पुगेको थियो ।

एसोसिएट यी दुई चर्चित टोलीबीच भारत र पाकिस्तानसँग खेल्न कडा प्रतिस्पर्धा हुनेछ । नेपाल घरेलु मैदान, कन्डिसन, दर्शक र पछिल्लो समयको लयलाई निरन्तरता दिँदै एसिया कपमा पुग्न चाहन्छ । युएई विष्फोटक ब्याटिङलाई निरन्तरता दिँदै नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्न खोज्नेछ ।

तर आज फाइनल खेल वर्षाले प्रभावित हुने उच्च सम्भावना छ । आज काठमाडौंमा भारी वर्षाको सम्भावना छ । वर्षा भएमा खेल जहाँ रोकिएको छ अर्को दिन त्यहिँबाट नै सुरुहुनेछ । यदि मंगलबार खेलको नतिजा आउन नसकेमा सुपर ओभर खेलाउन प्रयास गरिनेछ ।

सुपर ओभर टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि हुन सक्ने अवस्था नभएमा नेपाल आइसिसी वरियताको कारण एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।

युएईका वृत्य अरविन्द, मोहम्मद वासिम र आसिफ खान प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरलाई रोक्न सके नेपालले सहज जित हात पार्न सक्छ । ओपनर वासिम विष्फोटक ब्याटिङका लागि रुचाउँछन् । उनले सिंगापुरविरुद्ध ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए ।

उनको विकेट नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । उनको विकेट लिन जति ढिलो हुनेछ, त्यतिनै नेपाललाई घाटा हुनेछ । युवा ब्याटर वृत्य अरविन्दले त्यसै खेलमा १ सय ७४ र कुवेतविरुद्ध १ सय ८५ रन बनाएका थिए । अघिल्लो महिना नेपालविरुद्ध वृत्यले ९४ रनको इनिङ खेलेका थिए । वृत्यको लय नेपाललाई घातक बन्नसक्छ ।

उता आसिफ खानले अघिल्लो महिना नेपालविरुद्ध ४१ बलमै शतक हानेका थिए । ओडिआईमा लगातार सानदार प्रदर्शन गर्दै आएका आसिफ नेपाललाई घातक बन्नसक्ने ब्याटर हुन् । यी तीन ब्याटरलाई आर्यन लाक्रा, रमिज शाहजाद, रोहन मुस्तफा, बसिल हमिद र आयन खानले साथ दिनेछन् । अनुवभी ब्याटर रमिज टोलीमा फर्किपछि मध्यक्रम ब्याटिङ भने मजबुत बनेको छ ।

युएईको स्पिनर आक्रामक भने निकै उत्कृष्ट छ । आयन खान, रोहन मुस्तफा, बसिल हमिद, कार्तिक मयाप्पन र आर्यन लाक्रा युएईका स्पिनर हुन् । जहुर खान र जुनैद सिद्दिक प्रमुख तीव्र गतिका बलर हुन् ।

यता नेपालका सन्दीप लामिछाने प्रमुख बलर हुन् । सन्दीपको प्रदर्शनले धेरै ठूलो प्रभाव पार्नेछ । सन्दीपले अघिल्लो महिना युएईविरुद्ध ८० रन खर्चिएका थिए । टियुको बाउन्ड्री सानो हुँदा युएईका ब्याटर सन्दीपमाथि पुन आक्रामक बन्नसक्छन् । सन्दीपको प्रदर्शनले नेपालको प्रदर्शनमा धेरै प्रभाव पार्नेछ ।

नेपालका कप्तान रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख ब्याटर हुन् । कुशल मल्ल र रोहित राम्रो लयमा छन् । कुशलले ओमानविरुद्ध ५९ बलमै शतक हानेका थिए । ओपनर आसिफ र कुशलबाट नेपाल राम्रो सुरुवात चाहन्छ ।

मध्यक्रममा भीम सार्की, रोहित र कुशल मल्लको प्रदर्शनले नेपालकोे योगफल निर्धारण गर्नेछ । नेपालको ब्याटिङमा गहिराई छ । तल्लोक्रममा भीम सार्की र दीपेन्द्रसिंह ऐरी जस्ता ब्याटर हुँदा शीर्ष र मध्यक्रमका ब्याटरलाई थप आत्माविश्वास बढ्नेछ । सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने पनि राम्रो ब्याटिङ गर्दछन् ।

हेड टु हेड :

ओडिआईमा नेपाल र युएईबीच १३ खेल भएका छन् । नेपाल ७ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा नेपाल चार खेलमा विजयी भएको छ ।

मौसम :

काठमाडौंमा आज विहान देखीनै भारी वर्षाको सम्भावना छ । त्यसैले खेल प्रभावित हुने पक्कापक्की जस्तै छ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी र ललित राजवंशी ।

युएईको टोली :

मोहम्मद वासिम (कप्तान), आयन खान, अंश टन्डन, आर्यन लाक्रा, आसिफ खान, बासिल हमिद, जुनैद सिद्दिक, कार्तिक मयाप्पन, मतिउल्लाह खान, रमिज शाहजद, रोहन मुस्तफा, सन्चित शर्मा, वृत्य अरविन्द र जहुर खान ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.