default_image

1 year ago

April 30, 2023

युएईविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न चाहन्छ ।

नेपालले सेमिफाइनल खेलमा कुवेतको टोलीबाट परिवर्तन गर्ने सम्भवना भने देखिदैन । नेपालले पछिल्लो समय करण केसीको स्थानमा गुलशन झालाई मौका दिँदै आएको छ । कुवेतविरुद्ध करण केसीले ४.३ ओभरमा १ मेडनसहित १० रन खर्चेर ५ विकेट लिएका थिए । करणले पावर प्लेमा सानदार प्रदर्शन गरेका हुँदा उनलाई टोलीबाट बेन्चमा राख्ने कल्पना गर्न सकिदैन ।

अर्को परिवर्तन गर्नसक्ने नाम दीपेन्द्रसिंह ऐरी हुन् । तर दीपेन्द्र ब्याटिङमा चल्न नसकेपनि फिल्डिङ र बलिङमा भने लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । त्यसैको कारण टोलीले उनलाई बेन्चमा राख्ने जोखिम लिने सम्भावना देखिदैन । टोलीमा त्यसैले परिवर्तन गर्ने सम्भावना भने देखिदैन ।

ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । कुवेतविरुद्ध आसिफ र कुशलले ७७ रनको साझेदारी गरेका थिए । यी दुई युवा ओपनरबाट नेपाल राम्रो सुरुवात चाहन्छ । तेस्रो नम्बरमा भीम सार्की हुनेछन् । भीमबाट नेपाल परिपक्क प्रदर्शन चाहन्छ । चौथो नम्बरमा रोहित पौडेल हुनेछन् । रोहित नेपालका प्रमुख ब्याटर हुन् । रोहितले कुवेतविरुद्ध ९४ रनको इनिङ खेलेका थिए ।

पाँचौं नम्बरमा कुशल मल्ल हुनेछन् । कुशलले यस प्रतियोगितामा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन् । ओमानविरुद्ध ५९ बलमै शतक हानेका कुशलबाट नेपालले ठूलो अपेक्षा राख्नेछ । त्यसपछि आरिफ शेख र दीपेन्द्र हुनेछन् । यी दुबै ब्याटरले उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ ।

नेपालको ब्याटिङमा गहिराई छ । तल्लोक्रममा सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने हुनेछन् । यी तीन खेलाडीलाई नेपालले परिस्थीति अनुसार ब्याटिङ गराउनेछ । तीव्र गतिका बलरमा करण र सोमपालको जोडी हुनेछ । यी दुई तीव्र गतिका बलरबाट नेपाल पावर प्लेमा उत्कृष्ट सुरुवात चाहन्छ ।

स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख बलर हुन् । सन्दीपबाट नेपालले मध्यक्रममा उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ । दोस्रो स्पिनरमा ललितनारायण राजवंशी हुनेछन् । पार्टटाइमा दीपेन्द्र र कुशल हुनेछन् । तीव्र गतिका बलरमा आरिफ शेख पार्टटाइम बलर हुनेछन् ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.