default_image

2 years ago

April 30, 2023

जैसवालको सानदार शतकमा राजस्थानको विशाल योगफल

149 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर यशस्वी जैसवालको सानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४२ औं खेलमा मुम्बई इन्डियन्सलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ ।

वानखडेमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो । राजस्थानका ओपनर यशस्वी जैसवालले ६२ बलमा १६ चौका र ८ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेले । उनले ५३ बलमा आफ्नो आइपिएल करिअरको पहिलो शतक हानेका थिए ।

एकतर्फबाट निरन्तर विकेट गुमेपनि अर्कोतर्फबाट जैसवालले सानदार प्रदर्शन गर्दै राजस्थानलाई विशाल योगफलमा पुर्याएका हुन् । पहिलो विकेटका लागि जस बटलर र जैसवालले ७.१ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । बटलर १९ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भए ।

जैसवाल बाहेक अन्य कुनैपनि राजस्थानका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । राजस्थानका सञ्जु स्यामसन १४, देवदत्त पाडिक्कल २, जेसन होल्डर ११, शिम्रन हेटमायर ८ र ध्रुव जुरेल २ रनमा आउट भए ।

मुम्बईका पियुष चवालाले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । राइली मेरीडिथले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । अर्शद खानले ३ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए ।

December 21, 2024

जनकपुरका ललितले पाए बाइक

काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् । प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं […]

December 21, 2024

विपिन एनपिएलको उदीयमान खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।

December 21, 2024

दीपेन्द्रले जिते कार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको ६२ लाख रुपैयाँ मुल्यको‌ कार प्राप्त गरेका हुन्।

Success

Thank you for your time.