default_image

2 years ago

April 30, 2023

चेन्नईमाथि पन्जाबको रोमान्चक जित

214 views

0 Bookmark

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४१ औं खेलमा चेन्नई सुपर किंग्समाथि चार विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

पन्जाबलाई जितको लागि अन्तिम ६ बलमा ९ रन चाहिँएको थियो । तीव्र गतिका बलर मथिसा पाथिरानाले पहिलो बल राजालाई एक रन दिएका थिए । दोस्रो बलमा शाहरुख खानले लेग वाइको रुपमा एक रन बटुले ।

तेस्रो बल उनले डट राखेका थिए । चौथो र पाँचौं बलमा समान दुई रन बटुलेका थिए । जितको लागि अन्तिम बलमा तीन रन चाहिँएको थियो । राजाले तीन रन बटुल्दै रोमान्चक जित दिलाए ।

पन्जाबका ओपनर प्रभसिम्रन सिंहले २४ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा आउट भए । लियाम लिभिङस्टोन २४ बलमा १ चौका र ४ छक्कासहित ४० र साम करन २१ रनमा आउट भए । सिकन्दर राजा ७ बलमा १ चौकासहित १३ रनमा अविजित रहे । शाहरुख खान २ रनमा अविजित रहे ।

चेन्नईका तीव्र गतिका बलर तुषार देशपान्डेले ४ ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । रविन्द्र जडेजाले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मथिसा पाथिरानाले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय रन बनायो । चेन्नईका ओपनर डेभन कन्वेले ५२ बलमा १६ चौका र १ छक्कासहित सर्वाधिक ९२ रनमा अविजित रहे ।

ऋतुराज गायकवाडले ३१ बलमा ४ चौका र १ छक्कासहित ३७, शिवम दुबे २८, मोईन अली १० र रविन्द्र जडेजा १२ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी ४ बलमा २ छक्कासहित १३ रनमा अविजित रहे ।

पन्जाब किंग्स ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ पाँचौं स्थानमा छ । चेन्नई ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ चौथो स्थानमाछ । गुजरात ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.