default_image

1 year ago

May 3, 2023

प्रिमियर कपमा सर्वाधिक रन बनाउने पाँच ब्याटर

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कप फाइनलमा सोमबार युएईलाई ७ विकेटले हराउँदै उपाधि जित्यो । नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

१० टोली सहभागी प्रतियोगितामा दुई समूहमा विभाजन गरिएको थियो । समूह ए बाट नेपाल विजेता र ओमान उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । समूह बी बाट युएई विजेता र कुवेत उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।
नेपाल र कुवेतबीचको सेमिफाइनल भारी वर्षाको कारण रद्द भएको थियो ।

खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । युएईले ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । यस प्रतियोगितामा ९ शतक प्रहार भए । सर्वाधिक धेरै युएईबाट चार, हङकङबाट दुई, नेपाल, साउदी अरेविया र ओमानबाट समान एक शतक प्रहार भएका थिए ।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरेको मुलपानीमा तीन र टियु क्रिकेट मैदानमा ६ शतक बनेका थिए ।
मुलपानी मैदानमा ओमानका ओपनर जतिन्दर सिंहले मलेसियाविरुद्ध १ सय १०, हङकङका बाबर हायतले सिंगापुरविरुद्ध १ सय ८ र अंशुमन रथले युएईविरुद्ध १ सय ६ रनको शतकीय इनिङ मुलपानीमा खेलेका थिए ।

प्रतियोगितामा सर्वाधिक ठूलो योगफल युएईले सिंगापुरविरुद्ध टियुमा ४ सय ७१ रन बनाएको थियो । सबैभन्दा कम योगफल कतार नेपालविरुद्ध ८९ रनमा अल आउट भएको थियो । यस प्रतियोगिता एकै इनिङमा सर्वाधिक युएईका वृत्य अरविन्दले कुवेतविरुद्ध १ सय ८५ रन बनाएका थिए ।

एसिसी प्रिमियर कपमा सर्वाधिक रन बनाउने पाँच ब्याटरमा नेपालका एकमात्रै खेलाडी छन् । शीर्ष १० खेलाडीमा नेपालका दुई खेलाडी छन् । प्रिमियर कपमा सर्वाधिक रन बननाउने पाँच खेलाडी र उनीहरुको प्रदर्शन यस प्रकार छ ।

५.मोहम्मद वासिम (युएई) – २ सय ३६ रन

युएईका कप्तान मोहम्मद वासिम प्रिमियर कपमा सर्वाधिक रन बनाउने ब्याटरमा शीर्ष पाँचमा रहे । वासिमले ६ खेलमा १ शतकसहित कुल २ सय ३६ रन बनाए। उनले १६ चौका र २२ छक्का हानेका छन् ।

विष्फोटक ब्याटिङका लागि चर्चित वासिमले सिंगापुरविरुद्ध ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । त्यस खेल बाहेक अन्यमा भने उनले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । ओमानसँग ४८, बहराइन १, हङकङ र कुवेतविरुद्ध समान ८ रनमा आउट भएका थिए । फाइनलमा नेपालविरुद्ध ११ रनमा आउट भएका थिए ।

४. कुशल मल्ल (नेपाल) – २ सय ३८ रन

नेपालका कुशल मल्ल शीर्ष पाँचमा पर्ने एकमात्रै नेपाली क्रिकेटर हुन् । कुशलले ५ खेलमा १ शतक र २ अर्धशतकसहित कुल २ सय ३८ रन बनाएका छन् । कुशलले प्रतियोगिताभर १८ चौका र १९ छक्का हाने।

कुशलले पहिलो खेलमै साउदीविरुद्ध ४० बलमा ५ चौका र ५ छक्कासहित ७० रनको अविजित इनिङ खेलेका थिए । दोस्रो खेलमा ओमानविरुद्ध ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनमा आउट भए ।

यी दुबै खेलमा कुशल प्लेयर अफ द म्याच चुनिएका थिए । कतारसँग भने उनी ३ रनमा आउट भएका थिए । कुवेतसँग कुशल ४४ बलमा ४ चौका र ४ छक्कासहित ५७ रनमा आउट भएका थिए ।

३. अब्दुल वहिद (साउदी) – २ सय ५५ रन

साउदी अरेवियाका अब्दुल वहिदले यस प्रतियोगितामा सानदार प्रदर्शन गरे । अब्दुलले ३ खेलमा १ शतक र १ अर्धशतकसहित कुल २ सय ५५ रन बनाएका छन् । उनले ३७ चौका र २ छक्का प्रहार गरेका थिए ।

कतारलाई ७ विकेटले हराउन अब्दुलले १ सय ८ बलमा २१ चौका र १ छक्कासहित १ सय २४ रनमा आउट भएका थिए । उनी अन्तिम खेलमा ओमानविरुद्ध ८६ बलमा १४ चौका र १ छक्कासहित ९५ रनमा आउट भएपछि लगातार दुई शतक हान्नबाट चुकेका थिए । उनी मलेसियासँग भने ३६ रनमा आउट भएका थिए ।

२. जतिन्दर सिंह (ओमान) – २ सय ८८ रन

ओमानका ओपनर जतिन्दर सिंहले ६ खेलमा १ शतक र १ अर्धशतकसहित कुल २ सय ८८ रनका साथ दोस्रो स्थानमा रहे । उनले प्रतियोगिताभर ३७ चौका र ४ छक्का हानेका थिए । सुरुवाती दुई खेलमा जतिन्दरले राम्रो गर्न सकेका थिएनन् ।

जतिन्दर कतारसँग १६ र नेपालसँग १५ रनमा आउट भएका थिए । मलेसियाविरुद्ध उनले १ सय ११ बलमा १२ चौका र १ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । साउदीविरुद्ध ७९ बलमा ११ चौका र २ छक्कासहित ८८ रनमा आउट भए । युएईविरुद्ध सेमिफाइनल खेलमा उनले ४२ रन बनाएका थिए । तेस्रो स्थानको लागि भएको खेलमा जतिन्दरले कुवेतविरुद्ध २६ रन बनाएका थिए ।

१. वृत्य अरविन्द (युएई) – ४ सय ५४ रन

युएईका युवा विकेटकिपर वृत्य अरविन्दले नेपालमा सानदार ब्याटिङ प्रदर्शन गरेका छन् । वृत्यले ६ खेलमा २ शतक र १ अर्धशतकसहित कुल ४ सय ५४ रन बनाएका छन् ।

४२ चौका र १८ छक्का प्रहार गरेका छन् । वृत्यले कुवेतविरुद्ध १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

सिंगापुरविरुद्ध उनले १ सय ३३ बलमा १७ चौका र ७ छक्कासहित १ सय ७४ रनको शतकीय इनिङ खेल्दै आउट भएका थिए । बहराइनविरुद्ध ८४ बलमा ६२ रन बनाएका थिए । वृत्य फाइनलमा नेपालविरुद्ध ८ रनमा आउट भएका थिए । वृत्यनै यस प्रतियोगिताका उत्कृष्ट ब्याटर चुनिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.