2 years ago
April 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर जय ओडेराले घातक बलिङ गर्दै पाँच विकेट लिएपछि कुवेतले एसिसी प्रिमियर कपमा ओमानलाई १ सय ३१ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेत ३१.३ ओभरमा १ सय ३० रनमा अल आउट भयो ।
कुवेत नेपालसँग २ सय ८१ रनको लक्ष्य पछ्याउनेक्रममा ८.३ ओभरमा ३७–६ को अवस्थामा पुगेको थियो । तर हङकङलाई ३० रनले हराउन कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो ।
कुवेतका ओपनर आदनान इद्रिसले ४८ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाए । अन्तिम विकेटको रुपमा आउट भएका सैयद मुनिब १० बलमा ५ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।
ओपनर रविजा सनदरुवान १२ र मोहम्मद अस्लाम समान १२ रनमा आउट भए । यासिन पटेल १७, मित भावसार, शिराज खान र बिलाल ताहिरले खाता खोल्न सकेनन् ।
ओमानका स्पिनर जय ओडेराले ५.३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिए । बिलाल खानले ७ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । आयन खान,जिशान मकसुद र जतिन्दर सिंहले समान एक विकेट लिए ।
सेमिफाइनलबाट बाहिरिएका यी दुई टोली तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका हुन् । यस खेलको विजेता टोलीले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । फाइनलमा पुग्दै नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गरेका छन् ।
सेमिफाइनल खेलमा ओमान युएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले पराजित हुँदै बाहिरिएको थियो । कुवेत भने नेपालसँगको खेल वर्षाको कारण रद्द भएपछि बाहिरिएको थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]