2 years ago
April 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्नेछ । नेपाल पहिलो सेमिफाइनलमा कुवेतसँग भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेताको रुपमा फाइनलमा पुगेको हो।
उता युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले हराउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको हो । तर आगमी बिहीबार सम्म काठमाडौंमा वर्षा हुने सम्भावना छ । फाइनल सोमबारलाई राखिएको छ । सोमबार हुन नसकेको खण्डमा खेल मंगलबार हुनेछ ।
तर सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने सुपर ओभर गराउन प्रयास गरिनेछ । सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसिसीको ओडिआई वरियतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।
आइसिसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । यदि खेल र सुपर ओभर कुनै नभएमा खेल रद्द हुनेछ । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् ।
शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप विश्वकप अघि एसिया टोलीको अन्तिम तयारी हो । एकदिवसीय विश्वकप आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुनेछ । विश्वकप खेल्न भने नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने १० टोली सहभागी विश्वकप छनोटमा समूह चरण, सुपर सिक्स हुँदै फाइनलमा स्थान बनाउनु पर्ने हुन्छ।
एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् । आज हुने तेस्रो स्थानका लागि ओमान र कुवेतबीचको विजेता टोलीले पनि एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]