2 years ago
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतसँग वर्षाको कारण खेल हुन नसके नेपाल फाइनलमा पुग्ने भएको छ । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको छ ।
वर्षाको कारण पुन कभर ढाकिएकोछ । टियुमा अहिले वर्षा बढेको छ । योसँगै खेल हुने सम्भावना कम छ । खेलको ५: २४ कट अफ टाइम रहेको छ । अर्थात उक्त समयमा खेल सकि सक्नु पर्ने हुन्छ । डकवर्थ लेविस पद्धतिको आधारमा नजिता निकाल्न अझै १२ ओभर खेल्नुपर्छ । तर टियुमा अहिले भारी वर्षा सुरु भएको छ ।
साढे चार बजे सम्म खेल सुरु नभएमा बाँकी १२ ओभर खेल हुने सम्भावना देखिदैन । खेल हुन नसकेमा सुपर हुनुपर्छ । सुपर ओभर पनि पाँच बजेभित्र सुरु हुनुपर्छ । तर सुपर ओभर पनि हुन सकेन भने नेपाल समूह विजेताको कारण फाइनलमा पुग्नेछ । अहिले टियुमा भारी वर्षा हुँदा खेल र सुपर ओभर हुने सम्भावना कम देखिन्छ । त्यसैले नेपाल फाइनलमा पुग्ने उच्च सम्भावना देखिन्छ ।
नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा पहिलो सफलता दिलाएका थिए । ओपनर आदनान इद्रिस एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए । दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले अर्का ओपनर परविन्दर कुमारलाई एक रनमा एलबीडब्लू आउट गरे । करण केसीको तेस्रो ओभरको चौथो बलमा मिडअनमा ललित नारायण राजवंशीले एक हातले उत्कृष्ट क्याच लिएपछि कुवेत ११–३ को दयनीय अवस्थामा पुगेको थियो ।
करण केसीको पाँचौं ओभरको पाँचौं बलमा ओपनर रविजा सनदरुवान डीप स्क्वायर लेगमा दीपेन्द्रसिंह ऐरीबाट ९ रनमा क्याच आउट भए । करण केसीले नै शिराज खानलाई ३ रनमा क्याच गराएपछि कुवेत ६.३ ओभरमा २२-५ को दयनीय अवस्थामा पुगेको थियो ।
करणले कप्तान मोहम्मद अस्लामलाई १४ रनमा क्याच गराउँदै ब्यक्तिगत पाँच विकेट पूरा गरेका छन् । करणले ४।३ ओभरमा १ मेडनसहित १० रन खर्चेर ५ विकेट लिएका छन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । वर्षाको कारण ओभर ८–८ घटाइएको थियो ।
डकवर्थ लेविस पद्धतिको आधारमा एक रन लक्ष्यमा घट्न पुगेको थियो । नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रन बनाए ।
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]