2 years ago
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा यदि सेमिफाइनल र फाइनल वर्षाको कारण रद्द भएमा नेपालले एसिया कप खेल्न पाउने भएको छ । सेमिफाइनल खेलमा नेपालले आज कुवेतसँग टियुमा खेल्दैछ । दोस्रो सेमिफाइनल खेलमा युएई र ओमानबीच मुलपानीमा प्रतिस्पर्धा हुनेछ ।
नेपाल समूह ए मा ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो । कुवेतले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
युएई ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंकका साथ शीर्ष स्थानमा रहँदै समूह बी को विजेताको रुपमा स्थान बनाएको हो । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ समूह ए को उपविजेताको कारण सेमिफाइनलमा स्थान बनाएको हो ।
फाइनल सोमबार हुनेछ । यदि आज पानी परेको खण्डमा पहिला डकवर्थ लेविस पद्धति हेरिने गरिन्छ । डकवर्थ लेविस पद्धति ५० ओभरको खेलमा दोस्रो ब्याटिङ गर्ने टोली (लक्ष्य पछ्याउने) ले २० ओभर खेलेको हुनुपर्छ । यदि दोस्रो टोलीले २० ओभर खेलेको छैन भने डकवर्थ लेविस पद्धतिको आधारमा नतिजा निकाल्न मिल्दैन ।
खेल नै हुन नसेको खण्डमा वा दोस्रो टोलीले २० ओभर ब्याटिङ गरेको छैन भने सुपर ओभरबाट नतिजा निकालिनेछ । सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर हुनेछ । दोस्रो सुपर ओभर टाई भएमा वा सुपर ओभर नै हुन नसक्ने अवस्था भएमा समूह चरणका विजेता टोली फाइनलमा पुग्नेछ । यदि त्यस्तो भएमा समूह विजेताको कारण नेपाल र युएईले फाइनलमा पुग्नेछन् ।
फाइनलमा खेल सोमबार हुन नसके मंगलबार पुन खेल हुनेछ । एसिसीले एकदिन रिजरर्भ डे राखेको छ । यदि रिजर्भ डे मंगलबारमा पनि वर्षाको कारण नतिजा आउन नसकेको खण्डमा सुपर ओभर हुनेछ । सुपर ओभर बढीमा दुई पटक हुनेछ । यदि सुपर ओभरबाट पनि नतिजा आउन नसकेको खण्डमा फाइनलमा ओडिआई वरियतामा माथि हुने टोली च्याम्पियन हुँदै एसिया कप खेल्न पाउनेछ ।
ओडिआई वरियता टोलीमा नेपाल ओमान र युएईभन्दा माथि छ । नेपालको वर्तमान ओडिआई वरियतामा १४ औं स्थानमा छ । ओमान १८ औं र युएई १९ औं स्थानमा ओडिआई वरियतामा छन् । त्यसैले यदि वर्षाको कारण सेमिफाइनल र फाइनल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण च्याम्पियन बन्दै सोझै एसिया कप खेल्न पाउनेछ ।
आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा प्रिमियर कपको विजेताले पाकिस्तान र भारतसँग खेल्न पाउनेछ । सेमिफाइनलमा पराजित हुने दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् । इमर्जिङ टिम्स एसिया कपमा भने भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका यू–२३ को टोली हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]