default_image

2 years ago

April 28, 2023

कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचमा नेपाल

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा शनिबार कुवेतसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ । कुवेतदेखी नेपाल भने सजग छ । कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो ।

कुवेतले यस प्रतियोगितामा युएईसँग मात्रै हारेको छ । पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो । कुवेतले जितको लागि ३ सय ७२ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा ३६.३ ओभरमा २ सय २८ रनमा अल आउट भएको थियो । कुवेतका परविन्दर सिंहले २६ बलमा १ चौका र ७ छक्कासहित ५३ रनमा आउट भएका थिए ।

सैयद मोनिबले ३६ बलमा ५ चौका र ६ छक्कासहित ६८ रनको एक सानदार इनिङ खेलेका थिए । कुवेतले मुलपानीमै बहराइनविरुद्ध २ सय ५६ रनको लक्ष्य पछ्याएको थियो । कुवेतले टि२० शैलीमा सानदार प्रदर्शन गर्दै आएको छ ।

तुलनात्मक रुपमा बलिङ र फिल्डिङ कमजोर रहेपनि ब्याटिङमा भने सानदार प्रदर्शन गर्दै आएको छ । ब्याटिङ नै कुवेतको प्रमुख हतियार हो ।

ओपनर आदनान इद्रिसले यस प्रतियोगितामा ३ खेलमा १ सय ३९ रन बनाएका छन् । सैयद मोनिब यस प्रतियोगितामा सर्वाधिक स्ट्राइक रेटमा ब्याटिङ गर्ने ब्याटर समेत हुन् । युवा ब्याटर मित भावसार कुवेतका ठूला आसालाग्ला ब्याटर हुन् ।

अघिल्लो वर्ष नेपाली यू-१९ टोलीलाई हराउन उनले एक्लै १ सय ७५ रनको अविजित इनिङ खेलेका थिए । यस प्रतियोगितामा अपेक्षा अनुसार चल्न नसेका उनी नेपाललाई निराश बनाउन सक्ने खेलाडी हुन् ।

आदनान इद्रिस, रविजा सानदरवान, परविन्दर कुमार, मोहम्मद अस्लाम, मित भावसर, शिराज खान, उस्मान पटेल र सैयद मोनिब कुवेतक ब्याटर हुन् । जसमा मोनिब, परविन्दर र इद्रिस घातक बन्न सक्छन् ।

युवा स्पिनर यासिन पटेलको यस प्रतियोगितामा प्रदर्शन सानदार छ । यस प्रतियोगिताकै सर्वाधिक उत्कृष्ट २.८२ को इकोनमीमा बलिङ गरेका छन् । यासिन पटेल, मोनिब र शाहरुख क्युदुस कतारका प्रमुख बलर हुन् ।

कुवेत विना दबाब क्रिकेट खेल्ने छ । उसलाई गुमाउनु केहि हुनेछैन । विना दबाब आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपाली दर्शक सामू खेल्न भने केहि कठिन हुनसक्छ । उनीहरुले नेपाली दर्शक जस्तो भिडमा खेल्ने अवसर पाएका छैनन् ।

यता नेपाल पछिल्लो खेलमा कतारविरुद्ध १ सय ५७ रनमा अल आउट भएको थियो । उत्कृष्ट बलिङका साथ कतारलाई ८९ रनमा अल आउट गरेको थियो । नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल यस प्रतियोगितामा चल्न सकेका छैनन् । यी दुई ओपनरबाट नेपाल राम्रो सुरुवात चाहन्छ । तेस्रो नम्बरमा भीम सार्की नै खेल्नेछन् ।

भीमले नेपाली टोलीबाट लगातार राम्रो गर्दै आएका छन् । नेपाल उनीबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । कप्तान रोहित पौडेललाई पनि प्रदर्शनको दबाब छ । कुशल मल्ल राम्रो लयमा छन् ।

साउदीविरुद्ध ७० र ओमानविरुद्ध १ सय ८ रन बनाएका आक्रामक अलराउन्डर कुशलबाट उनको शैलीमै विष्फोटक ब्याटिङ चाहन्छ । नेपालको ब्याटिङमा गहिराई हुँदा कमजोर सुरुवातबाट पनि पूनरागमन गर्न सक्छ ।

तल्लोक्रममा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको भूमिका निकै महत्वपूर्ण हुनेछ । नेपालले टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । गुलशन झाको स्थानमा करण केसीलाई मैदान उतार्ने छ । करण र सोमपालले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । कतारविरुद्ध ४२ रन बनाएका सन्दीपबाट पनि राम्रो आशा गर्न सकिन्छ ।

स्पिनरमा सन्दीप र ललित पहिलो रोजाईमा खेल्दै आएका छन् । ललितले नयाँ बलका साथ विकेट लिँदै आएका छन् । नेपाल पावर प्लेमा सोमपाल र करणबाट उत्कृष्ट सुरुवात चाहन्छ । मध्यक्रममा भने सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण हुनेछ।

सन्दीप नेपालका प्रमुख स्पिनर हुन् । उनको प्रदर्शनले धेरै फरक पार्नेछ । बायाँ हाते (देब्रे) बलरविरुद्ध नेपाली ब्याटरको इतिहास राम्रो छैन । कुवेतमा मोहम्मद अस्लाम र यासिन पटेल दुबै बायाँ हाते स्पिनर हुन् । यी दुई स्पिनरविरुद्ध नेपाल सजग हुनुपर्छ ।

हेड ट हेड :

नेपालले कुवेतसँग ५० ओभरको खेलमा पछिल्लो पटक २०१२ मा खेलेको थियो । एसिसी इलिट ट्रफीमा नेपाल कुवेतसँग ४ विकेटले पराजित भएको थियो । पारस खड्का १ सय ६ र ज्ञानेन्द्र मल्लले ५३ रन बनाएपछि कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य कुवेतले ४६.२ ओभरमै पुरा गरेको थियो ।

नेपालले पछिल्लो पटक कुवेतसँग टि२० विश्वकप छनोट २०१९ मा खेलेको थियो । उक्त खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । शनिबार नै मुलपानी मैदानमा दोस्रो सेमिफाइनलमा ओमान र युएईबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलसँगै मुलपानी मैदानले ओडिआई मान्यता पाउनेछ ।

फाइनल सोमबार हुनेछ । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

कुवेतको टोली :

मोहम्मद अस्लाम (कप्तान), आदनान इद्रिस, सैयद मोनिब, उस्मान पटेल, बिलाल ताहिर, मोहम्मद अमिन, रजिवा संदरुवान, मित भावसार, शिराज खान, परविन्दर कुमार, यसिन इशक पटेल, क्लिन्टो एन्टो, शाहरुख कुद्दुस र इलियास अहमद ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.