default_image

1 year ago

April 27, 2023

दुई दोहोरो शतकसँगै श्रीलंकाको रनको पहाड

184 views

0 Bookmark

एजेन्सी – दुई दोहोरो शतकसँगै घरेलु टोली श्रीलंकाले दोस्रो टेस्ट खेलमा आयरल्यान्डविरुद्ध रनको पहाड बनाएको छ । चौथो दिन श्रीलंकाले पहिलो इनिङ ७०४/३ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । टेस्ट इतिहासमा एकै इनिङमा सर्वाधिक रनको कीर्तमान श्रीलंकाकै नाममा छ । सन् १९९७ मा श्रीलंकाले भारतविरुद्ध ९५२/६ को इनिङ बनाउँदै इतिहास रचेको थियो ।

आयरल्यान्डविरुद्ध श्रीलंकाका कुशल मेन्डिसले २ सय ९१ बलमा १८ चौका र ११ छक्कासहित सर्वाधिक २ सय ४५ रनको दोहोरो शतकीय इनिङ खेले । युवा ओपनर निशान मदुशका ३ सय ३९ बलमा २२ चौका र १ छक्कासहित २ सय ५ रनमा आउट भए ।

यो कुशल र निशान दुबैको करिअरको पहिलो दोहोरो शतक हो । दोस्रो विकेटका लागि यी दुई ब्याटरले २ सय ६८ रनको साझेदारी गरेका थिए ।

पहिलो विकेटका लागि कप्तान दिमुथ करुणारत्ने र निशानले २ सय २८ रनको साझेदारी गरेका थिए । करुणारत्ने १ सय ३३ बलमा १५ चौकासहित १ सय १५ रनमा आउट भए । अनुभवी ब्याटर एन्जिलो म्याथ्युजले १ सय १४ बलमा ६ चौका र ४ छक्कासहित १ सय रनमा अविजित रहे ।

दोस्रो इनिङमा आयरल्यान्ड ५४-२ को अवस्थामा चौथो दिनको खेल सकिएको छ । आयरल्यान्ड १ सत्रय ५८ रनले पछि छ ।

त्यसअघि आयरल्यान्ड दोस्रो टेस्टको दोस्रो दिन पहिलो इनिङमा ४ सय ९२ रनमा अल आउट भएको थियो । यो आयरल्यान्डले आफ्नो टेस्ट इतिहासमा बनाएको उच्च योगफल थियो ।

आयरल्यान्डको यस अघि टेस्टमा उच्च योगफल २०१८ पाकिस्तानविरुद्ध ३ सय ३९ रन थियो । आयरल्यान्डका युवा अलराउन्डर कर्टिस क्याम्फरले २ सय २९ बलमा १५ चौका र २ छक्कासहित सर्वाधिक १ सय ११ रनको सानदार शतकीय इनिङ खेलेका थिए । त्यस्तै स्टर्लिङले १ सय ८१ बलमा ९ चौका र ४ छक्कासहित १ सय ३ रनमा आउट भएका थिए ।

कप्तान एन्डी बालबिर्नी १ सय ६३ बलमा १४ चौकासहित ९५ बनाउँदै शतक बनाउनबाट चुके । युवा विकेटकिपर लोर्कान टकर १ सय ६ बलमा १० चौकासहित ८० रनमा आउट भएका थिए ।

श्रीलंकाका स्पिनर प्रवथ जयसूर्याले सर्वाधिक पाँच विकेट लए । दुई टेस्ट खेलको सिरिजमा श्रीलंका १–० ले अघि छ । पहिलो खेलमा श्रीलंका २ सय ८० रनको इनिङ अन्तरले विजयी भएको थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.