default_image

2 years ago

April 27, 2023

नेपालले सेमिफाइनलमा कुवेतसँग खेल्ने

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवतेसँग खेल्ने भएको छ । कुवेतले समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको हो । त्यस्तै सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्ने भएका हुन् । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ए मा नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रह्यो । ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ खेलमा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रह्यो ।

कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा रह्यो । युएईको नेटरनरेट २.४६८ हुँदा कुवेतको ०.२२३ रह्यो । सेमिफाइनल शनिबार र फाइनल आइतबार हुनेछ । तर कुन सेमिफाइनल खेल कहाँ हुने पक्का भने भएको छैन ।

टियु र मुलपानीमा कुन सेमिफाइनल कहाँ हुने क्यानले आज साँझ पक्का गर्ने जनाएको छ । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । त्यस्तै शीर्ष तीन टोलीले आगमी जुनमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ६८ रनले हराउँदै सेमिफाइनल स्थान बनाएको थियो । साउदी अरेवियासँगको खेल भने वर्षाको कारण रद्ध भएको थियो ।

कुवेत पहिलो खेलमा युएईसँग १ सय ४३ रनले पराजित भएको थियो । त्यसपछि बहराइनलाई दुई विकेट, सिंगापुरलाई ४ विकेट र हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

हङकङको लागि भने बहराइनसँगको खेल वर्षाको कारण रद्ध हुनु घातक हन्यो । हङकङ ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा रहेर बाहिरियो ।

अंक तालिका

समूह ए मा नेपाल ४ खेलमा ३ मा जित र एक खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो ।

साउदी ४ खेलमा १ मा जित, २ मा हार १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । कतार ४ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरिएको थियो ।

समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । समान ६ अंक भएपनि युएई नेटरनरेटमा अघि रहँदै शीर्षस्थानमा रह्यो ।

हङकङ ४ खेलमा २ मा जित, १ खेलमा हार र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । बहराइन ४ खेलमा १ मा जित, २ खेलमा हार र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । सिंगापुर सबै खेलमा जित विहीन हुँदै बाहिरियो ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.