2 years ago
April 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा कतारविरुद्ध घातक बलिङ गरेको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १३ ओभरमा ६ विकेट गुमाउँदै ४१ रन बनाएको छ।
ओपनर कमरान खान ८ रनमा क्याच आउट भए । स्पिनर ललितनारायण राजवंशीको तेस्रो ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा एज लागेर उनी दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए ।
कतारका प्रमुख ब्याटर इमाल लियानागेलाई सोमपाल कामीले छैटौं ओभरको अन्तिम बलमा ६ रनमा बोल्ड आउट गरे । सन्दीप लामिछानेले ओपनर जाहिर इब्राहिमलाई फस्ट स्लिपमा आरिफ शेखबाट १५ रनमा क्याच गराए ।
उनले २३ बलमा ३ चौका प्रहार गरे । सोमपाल कामीले मोहम्मद तनविरलाई शून्यमा बोल्ड गरेपछि कतार ९.४ ओभरमा ३२-४ को कमजोर अवस्थामा पुगेको थियो ।
सोमपाल कामीको १२ औं ओभरको अन्तिम बलमा इक्रामउल्लाह खान पाँच रनमा भीम सार्कीले स्क्वायर लेगमा सानदार क्याच लिएपछि कुवेत ३७-५ को अवस्थामा पुगेको थियो । सन्दीपको १३ औं ओभरको चौथो बलमा कप्तान मोहम्मद रिजलान आसिफ शेखबाट स्टम्पिङ आउट भएपछि संकटमा पुगेको छ ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । नेपालका सन्दीप लामिछाने ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहे ।
एक समय २८ ओभरमा १११-९ को अवस्थामा पुगेको नेपाललाई ललित र सन्दीपले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलमा पुर्याएका थिए । कतारका बायाँ हाते तीव्र गतिका बलर आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]