2 years ago
April 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा कतारविरुद्ध सुरुवातमै दुई विकेट गुमाएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा २ विकेट गुमाउँदै १४ रन बनाएको छ । नेपालका रोहित पौडेल ५ र आसिफ शेख शून्यमा क्रिजमा छन् ।
नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो । तीव्र गतिका बलर गयान मुनाविराको दोस्रो ओभरको दोस्रो बलमा कुशल शट लेगमा खुराम शाहजादबाट क्याच आउट भएका थिए । कुशलले ८ बल खेलेका थिए । मुनाविराको चौथो ओभरको तेस्रो बलमा स्वीप खेल्ने धुनमा एज लागेर भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भए ।
नेपालले ओमानसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर करण केसीलाई नेपालले विश्राम दिएको छ । नेपालले आजको खेलमा गुलशन झालाई मौका दिएको छ । टोलीमा अन्य भने परिवर्तन गरेको छैन । नेपाल ३ खेलमा २ मा जित र १ मा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ ।
कतार तीनै खेलमा जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराउँदा साउदीसँग वर्षाको कारण अंक बाँडेको थियो । नेपाललाई समूह विजेता बन्न यस खेल जित्नुपर्ने हुन्छ ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]