2 years ago
April 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध स्पिनर सन्दीप लामिछानेलाई विश्राम दिने सम्भावना छ । नेपालले बिहीबार टियु क्रिकेट मैदानमा आफ्नो समूह चरणको अन्तिम खेलमा कतारसँग खेल्दैछ ।
नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्षस्थानमा छ । नेपाल समूह विजेता बन्न अन्तिम खेलमा विजयी हुनुपर्छ । अथवा वर्षा वा कुनै कारण खेल रद्ध हुँदा पनि नेपाल समूह विजेता बन्नेछ ।
नेपालले समूह चरणको अन्तिम खेलमा प्रमुख स्पिनर सन्दीप लामिछानेसहित दुई खेलाडीलाई विश्राम दिने सम्भावना छ । नेपालले बेन्चमा बस्दै आएका ज्ञानेन्द्र मल्ल र बायाँ हाते युवा तीव्र गतिका बलर प्रतिश जि.सीलाई मौका दिनसक्ने सम्भावना छ । यी दुई खेलाडीलाई मौका दिन नेपालले सन्दीप लामिछाने र सोमपाल कामीलाई विश्राम दिन सक्ने सम्भावना देखिन्छ ।
कतार नेपाल भन्दा तुलनात्मक रुपमा कमजोर टोली हो । त्यसैले सन्दीप र सोमपाललाई विश्राम दिँदा डराउनु पर्दैन । अर्कोतर्फ नेपालले सेमिफाइनल शनिबार खेल्नेछ । सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने उच्च सम्भावना छ । सेमिफाइनल अघि नेपालले आफ्ना प्रमुख दुई बलरलाई विश्राम दिन चाहन्छ ।
नेपालले टोलीमा भने अन्य परिवर्तन गर्ने सम्भावना छैन । ओपनरमा आसिफ शेख र कुशल भुर्तेलले निरन्तरता पाउनेछन् । यी दुई ओपनरबाट नेपाल राम्रो सुरुवात चाहन्छ ।
नेपालले तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल, चौथो नम्बरमा भीम सार्की, पाँचौं नम्बरमा रोहित पौडेल र छैटौं नम्बरमा कुशल मल्ललाई खेलाउने सम्भावना छ । कुशल मल्लले ओमानविरुद्ध ५९ बलमै शतक हानेका थिए । कुशलले राम्रो प्रदर्शन गर्दै आएका छन् ।
ज्ञानेन्द्रबाट नेपाल ठूलो प्रदर्शन चाहन्छ । भीम र रोहित नेपालका प्रमुख ब्याटर हुन् । नेपालको ब्याटिङमा गहिराई छ । खराब सुरुवात गर्दापनि राम्रो पूनरागमन गर्नसक्छ । सातौं र आठौं नम्बरमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरी खेल्नेछन् ।
सुरुवाती खेलमा खासै ब्याटिङको अवसर नपाएका यी दुई खेलाडीलाई कतारविरुद्ध राम्रो अवसर बन्नेछ । तीव्र गतिका बलरमा प्रतिश जि.सी र करण केसी हुनेछन् । यी दुबै खेलाडी राम्रो ब्याटिङको क्षमता राख्छन् ।
स्पिनरमा ललित नारायण राजवंशी हुनेछन् । उनीबाट पावर प्लेमा पुन विकेट चाहन्छ । नेपालले पावर प्ले र डेथ ओभरमा भने उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । स्पिन आक्रामणमा ललितलाई कुशल र दीपेन्द्रले साथ दिनेछन् ।
नेपालको सम्भावित प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, रोहित पौडेल (कप्तान) कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, प्रतिश जि.सी र ललितनारायण राजवंशी ।
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]