default_image

1 year ago

April 26, 2023

बेंगलोरलाई कोलकाताको विशाल लक्ष्य

79 views

0 Bookmark

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई २ सय १ रनको विशाल लक्ष्य दिएको छ । चिन्नास्वामीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय रन बनायो ।

कोलकाताका ओपनर जेसन रोयले २९ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५६ रन बनाए । कोलकातालाई ओपनर नारायण जगदिशन र जेसन रोयले ९.२ ओभरमा ८३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

विजय कुमार वैश्यकको बलमा जगदीशन २९ बलमा ४ चौकासहित २७ रनमा डेविड विल्लीबाट क्याच आउट भए । विजयकुमारले नै अर्का ओपनर रोयलाई बोल्ड आउट गरेका थिए ।

कप्तान नितिश राणा २१ बलमा ३ चौका र ४ छक्कासहित ४८ रनमा आउट भए । वेंकटेश ऐर २६ बलमा ३ चौकासहित ३१ रनमा आउट भए । रिंकु सिंह १० बलमा २ चौका र १ छक्कासहित १८ रनमा अविजित रहे । डेविड विजा ३ बलमा २ छक्कासहित १२ रनमा अविजित रहे । मोहम्मद शिराजले आन्द्रे रसेललाई योर्करमा एक रनमा बोल्ड गरे ।

बेंगलोरका वानिन्दु हसरंगाले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । विजयकुमारले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.