default_image

1 year ago

April 26, 2023

नेपाल भारतसँग पराजित

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल दोस्रो महिला दृष्टीविहीन टि२० क्रिकेट खेलमा भारतसँग ९ विकेटले पराजित भएको । पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो । पाँच खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ।

जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १४.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा फुला सरेनले ४३ बलमा ५ चौकासहित ६५ रनमा नट आउट रहिन् ।

सिमु दास २७ बलमा ४ चौकासहित ६६ रनमा अविजित रहिन् । ओपनर गंगा १८ बलमा २ चौकासहित २२ रनमा आउट भएकी थिइन् । दोस्रो विकेटका लागि फुला र सिमुले १ सय ९ रनको शतकीय साझेदारी गरेका थिए ।

त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २० ओभरमा १ सय ७२ रनमा अल आउट भएको थियो । नेपालकी सरिता घिमिरेले ४४ बलमा ३ चौकासहित सर्वाधिक ५६ रन बनाइन् । ओपनर विनिता पुन १८, गिता पौडेल २, माया १४, विपला पुन २९, मुना अर्याल १४ र निषा चौधरी ६ रनमा आउट भइन् ।

भारतकी फुला सरेन, गंगा र सुष्मा पटेलले समान एक विकेट लिए । पहिलो खेलमा विनिता पुनले १ सय ११ रनको शतकीय इनिङ खेलेपछि नेपालले भारतलाई हराएको थियो । अव बाँकी तीन खेल मुलपानीमा हुनेछन् । बाँकी तीन खेल शुक्रबार, शनिबार र आइतबार हुनेछन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.