default_image

2 years ago

April 26, 2023

साउदीलाई हराउँदै ओमान सेमिफाइनलमा

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओमानले एसिसी प्रिमियर कपमा साउदी अरेवियालाई ७२ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह ए मा ओमान तीन जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

जितको लागि ३ सय ६७ रनको विशाल लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा अल आउट भयो । साउलीका ओपनर अब्दुल वहिदले ८६ बलमा १४ चौका र १ छक्कासहित सर्वाधिक ९५ रनको योगदान दिएपनि टोलीलाई सेमिफाइनल सम्म पुर्याउन सकेनन् ।

ओपनर वाकर उल हसनलाई तीन रनमै गुमाएपनि दोस्रो विकेटका लागि अब्दुल र साद खानले १ सय ७७ रनको सानदार शतकीय साझेदारी गर्दै जितको सम्भावना कायमै राखेका थिए । उत्कृष्ट प्रदर्शन गरेका साद खान ८० बलमा १० चौका र १ छक्कासहित ७८ रनमा आउट भए ।

स्पिनर जय ओडेराले ३० औं ओभरको दोस्रो बलमा साद खानलाई बोल्ड आउट गरे । एक बलपछ अब्दुल एज लागेर विकेटकिपर नसिम खुशीबाट क्याच आउट भएपछि जितको सम्भावना कठिन बनेको थियो । अर्को ओभरमा ओडेराले नै मनान अलीलाई शून्यमा क्याच आउट गराएका थिए ।

त्यसपछि साउदीका ब्याटर लगातार आउट भएपछि इतिहास रच्नबाट चुकेका थिए । कप्तान हिशाम शेख ३२ बलमा ४ चौकासहित ३६ रनमा आउट भए । अब्दुल वहिद १५ बलमा २ चौका र २ छक्कासहित २५, मनान अली डक, हसिब ६ र अतिफ उलले १६ रन बनाए ।

ओमानका बिलाल खानले ८.५ ओभरमा ७५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । जिशान मकसुदले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । जय ओडेराले ९ ओभरमा ६१ रन खर्चेर ३ विकेट लिए । आयन खानले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६६ रन बनाएको थियो ।

ओमानको जितमा ओपनर जतिन्दर सिंहले ७९ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ८८ रनको योगदान दिए । मोहम्मद नदिमले ३८ बलमा ६ चौका र ४ छक्कासहित ७१ रनको आक्रामक अविजित इनिङका साथ विशाल योगफलको आधार तय गरेका थिए ।

ओमानलाई पहिलो विकेटका लागि जतिन्दर सिंह र कश्याप प्रजापतीले १७.२ ओभरमा १ सय २५ रनको सानदार शतकीय साझेदारीका बलियो योगफलको बाटो देखाएका थिए ।

कश्याप प्रजापति ५३ बलमा ६ चौका र २ छक्कासहित ५१ रनमा आउट भए । उनी तीव्र गतिका बलर अब्दुल वहिदको बलमा इश्तिक अहमदबाट क्याच भए । जतिन्दर तीव्र गतिका बलर अब्दुल वहिदको बलमा विकेटकिपर हसिब गाफुरबाट क्याच आउट भएका थिए ।

शोएब खान ७० बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि शोएब र जिशान मकसुदले ६० रनको साझेदारी गरेका थिए । कप्तान जिशान मकसुद ४९ बलमा ४ चौका र २ छक्कासहित ५४ रनमा आउट भए । तीव्र गतिका बलर अब्दुल वहिदले १० ओभरमा ६४ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर अतिफ उर रहमानले ९ ओभरमा ८० रन खर्चेर ३ विकेट लिए ।

नेपालले समूह ए को अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ । उक्त खेलमा नेपाल विजयी भएमा समूह विजेता र पराजित भएमा उपविजेता बन्नेछ । समूह बी को अन्तिम खेलमा कुवेत र हङकङबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । बिहीबारको नतिजाले मात्रै दुबै समूहको समूह विजेता र उपविजेता निर्धारण गर्नेछ ।

प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल शनिबार हुनेछ । फाइनल सोमबार हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिप्समा एसियाका टेस्ट टोलीका यू-२३ टोलीको सहभागिता रहनेछ । एसिया कप सेप्टेम्बरमा पाकिस्तान र इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुनेछ।

अंक तालिका

समूह ए मा ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल ३ खेलमा २ मा जित र एक खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ ।

मलेसिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । साउदी ४ खेलमा १ मा जित, २ मा हार १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । कतार ३ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरिएको थियो ।

समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । हङकङ ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमाछ ।

बहराइन ४ खेलमा १ मा जित, २ खेलमा हार र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । सिंगापुर सबै खेलमा जित विहीन हुँदै बाहिरियो ।

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

February 5, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]

Success

Thank you for your time.