default_image

1 year ago

April 26, 2023

साउदीका अब्दुल र सादको अर्धशतकसँगै दबाबमा ओमान

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अब्दुल वहिद र तेस्रो नम्बरका ब्याटर साद खानको अर्धशतकमा साउदी अरेवियाले एसिसी प्रिमियर कपमा ओमानलाई दबाबमा राखेको छ । जितको लागि ३ सय ६७ रनको विशाल लक्ष्य पछ्याएको साउदीले २१ ओभरमा १ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको छ ।

ओपनर अब्दुल वहिद ५५ बलमा ११ चौका र १ छक्कासहित ६८ रनमा क्रिजमा छन् । उनलाई साद खानले ६० बलमा ९ चौकासहित ५८ रनमा साथ दिएका छन् ।

दोस्रो विकेटका लागि अब्दुल र साद खानले १ सय ३० रनको सानदार शतकीय साझेदारी गर्दै जितको सम्भावना कायमै राखेका छन् । ओपनर वाकर उल हसन भने ३ रनमा बिलाल खानको बलमा आउट भए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६६ रन बनाएको थियो ।

ओमानका जतिन्दर सिंह ८८, कश्याप प्रजापति ५१, शोएब खान ६८, मोहम्मद नदिम ७१ र जिशान मकसुद ५४ रन बनाएका थिए । यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । समूह ए बाट नेपाल भने एक खेल अगावै सेमिफाइनलमा पुगि सकेको छ ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.