default_image

1 year ago

April 26, 2023

शीर्ष पाँच ब्याटरको अर्धशतकमा ओमानको विशाल योगफल

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष पाँच ब्याटरको अर्धशतकमा ओमानले एसिसी प्रिमियर कपमा सेमिफाइनलमा पुग्न साउदी अरेवियालाई ३ सय ६७ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६६ रन बनायो ।

ओमानका ओपनर जतिन्दर सिंहले ७९ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ८८ रनको योगदान दिए । मोहम्मद नदिमले उत्कृष्ट अन्त्य गर्दै ३८ बलमा ६ चौका र ४ छक्कासहित ७१ रनमा अविजित रहे । नसिम खुशी ६ बलमा १२ रनमा अविजित रहे ।
ओमानलाई पहिलो विकेटका लागि जतिन्दर सिंह र कश्याप प्रजापतीले १७.२ ओभरमा १ सय २५ रनको सानदार शतकीय साझेदारीका साथ राम्रो सुरुवात दिलाएका थिए ।

कश्याप ५३ बलमा ६ चौका र २ छक्कासहित ५१ रनमा आउट भए । उनी तीव्र गतिका बलर अब्दुल वहिदको बलमा इश्तिक अहमदबाट क्याच भए । दोस्रो विकेटका लागि शोएब खान र जतिन्दरले ५३ रनको साझेदारी गरेका थिए । जतिन्दर तीव्र गतिका बलर अब्दुल वहिदको बलमा विकेटकिपर हसिब गाफुरबाट क्याच आउट भएका थिए ।

शोएब खान ७० बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि शोएब र जिशान मकसुदले ६० रनको साझेदारी गरेका थिए । कप्तान जिशान मकसुद ४९ बलमा ४ चौका र २ छक्कासहित ५४ रनमा आउट भए ।

तीव्र गतिका बलर अब्दुल वहिदले १० ओभरमा ६४ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर अतिफ उर रहमानले ९ ओभरमा ८० रन खर्चेर ३ विकेट लिए । यस खेलको विजेता टोली सेमिफाइनलमा स्थान बनाउनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.