default_image

1 year ago

April 26, 2023

अर्धशतक बनाउँदै आउट भए केपी

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा सेमिफाइनलमा पुग्न निर्णायक खेलमा साउदी अरेवियाविरुद्ध ओमानका युवा ब्याटर कश्याप प्रजापति (केपी) अर्धशतक बनाउँदै आउट भएका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले २० ओभरमा १ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको छ । ओमानका ओपनर जतिन्दर सिंह ५७ बलमा ९ चौका र २ छक्कासहित ६७ रनमा क्रिजमा छन् । उनलाई शोएब खानले १० रनमा साथ दिएका छन् ।

केपी ५३ बलमा ६ चौका र २ छक्कासहित ५१ रनमा आउट भए । उनी तीव्र गतिका बलर अब्दुल वहिदको बलमा इश्तिक अहमदबाट क्याच भए । पहिलो विकेटका लागि जतिन्दर सिंह र केपीले १७.२ ओभरमा १ सय २५ रनको सानदार शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

ओमान समूह ए मा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । साउदी ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा छ ।

यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । नेपाल भने एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । नेपाल ३ खेलमा २ मा जित र १ अंक बाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.