default_image

1 year ago

April 25, 2023

प्रिमियर कपमा अन्तिम चार मध्य तीन खेल क्वाटरफाइनल

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा समूह चरणका अन्तिम चार मध्य तीन खेल अनौपचारिक क्वाटरफाइनल हुने भएका छन् । बुधबार टियु क्रिकेट मैदानमा साउदी अरेविया र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

मुलपानीमा युएई र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् । बिहीबार टियुमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ । यो खेलले नेपाल समूह विजेता हुने वा उपविजेता हुने निर्धारण गर्नेछ । सोहि दिन मुलपानीमा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपाल र कतार बाहेकका अन्य तीन खेल क्वाटरफाइनल सरह हुनेछन् । विजेता टोली सेमिफाइनलमा र पराजित हुने टोली बाहिरिने समिकरण छ । १० टोली सहभागी प्रतियोगितामा हरेक समूहमा पाँच पाँच टोली छन् ।

समूह चरणका १६ खेल सकिँदा सेमिफाइनलमा स्थान बनाउने घरेलु टोली नेपाल एक्लो टोली हो । प्रतियोगिता सेमिफाइनल दौडबाट समूह ए बाट मलेसिया, कतार र समूह बी बाट सिंगापुर बाहिरएका छन् ।

ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । साउदी ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । ओमान विजयी हुँदा ६ अंकका साथ सेमिफाइनलमा पुग्नेछ । साउद विजयी हुँदा ५ अंकका साथ सेमिफाइनलमा पुग्नेछ ।

त्यस्तै यो खेल साउदी र ओमानलाई क्वाटरफाइनल हुनेछ । समूह ए मा नेपाल ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । मलेसिया ४ खेलमा २ मा जित र २ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा रहेर बाहिरिएको छ । कतार तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ ।

समूह बी मा हङकङ ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा छ । हङकङले अन्तिम खेल बिहीबार कुवेतसँग खेल्नेछ । कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । हङकङ र कुवेतबीचको खेल क्वाटरफाइनल नै हुनेछ । विजेता टोली सेमिफाइनलमा पुग्नेछ ।

हङकङ विजयी हुँदा ७ अंक हुने हुँदा समूह विजेता बन्नेछ । वर्षाले खेल रोकिँदा पनि हङकङ सेमिफाइनलमा पुग्नेछ । तर हङकङ पराजित भएमा भने उता युएई बहराइनसँग पराजित हुनुपर्छ ।

यदि युएई पराजित भएमा बाहिरिनेछ । बहराइन विजयी हुँदा ५ अंक हुनेछ । हङकङ र बहराइनको समान ५ अंक हुँदा नेटरनरेटका कारण हङकङ सेमिफाइनलमा पुग्न सक्छ । तर बहराइनको जितको अन्तर निकै सानो हुनुपर्छ ।

उता युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । बहराइन र युएईबीच बुधबार मुलपानीमा प्रतिस्पर्धा हुनेछ । युएई विजयी हुँदा ६ अंकका साथ सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा भने युएई बाहिरिनेछ ।

बहराइन अन्तिम खेलमा विजयी भएर मात्रै हुँदैन । हङकङले कुवेतसँग फराकिलो अन्तरले हार्नुपर्छ । बहाइनको जितको अन्तर फराकिलो हुनुपर्छ ।

प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल शनिबार हुनेछ । फाइनल सोमबार हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिप्समा एसियाका टेस्ट टोलीका यू-२३ टोलीको सहभागिता रहनेछ । एसिया कप सेप्टेम्बरमा पाकिस्तान र इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुनेछ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.