default_image

1 year ago

April 25, 2023

गुजरातको मुम्बईलाई विशाल लक्ष्य

253 views

0 Bookmark

एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३५ औं खेलमा मुम्बई इन्डियन्सलाई २ सय ८ रनको विशाल लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७ रन बनायो ।

गुजरातका ओपनर शुभमन गिलले ३४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनमा आउट भए । ऋद्धिमान शाह ४ रनमा आउट भएका थिए । कप्तान हार्दिक पान्ड्या पनि १३ रनमै आउट भएका थिए । डेविड मिलर २२ बलमा २ चौका र ४ छक्कासहित ४६ रनमा आउट भए ।

युवा खेलाडी अभिनव मनोहर २१ बलमा ३ चौका र ३ छक्कासहित ४२ रनमा आउट भए । राहुल टेवाटिया ५ बलमा ३ छक्कासहित २० रनमा अविजित रहे । राशिद खान एक बलमा २ रनमा नटआउट रहे । पाँचौं विकेटका लागि अभिनव र मिलरले ३५ बलमा ७१ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

पियुष चवाला ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । जेसन बेहरनडोर्फ, अर्जुन तेन्दुलकुरकुमार कार्तिकेयले समान एक विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.