2 years ago
April 25, 2023
एजेन्सी – अनुभवी ब्याटर पल स्टर्लिङ र युवा खेलाडी कर्टिस क्याम्फरको शतकमा आयरल्यान्डले दोस्रो टेस्ट खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध कीर्तिमानी विशाल योगफल बनाएको छ । आयरल्यान्ड दोस्रो टेस्टको दोस्रो दिन पहिलो इनिङमा ४ सय ९२ रनमा अल आउट भयो । यो आयरल्यान्डले आफ्नो टेस्ट इतिहासमा बनाएको उच्च योगफल हो ।
आयरल्यान्डको यस अघि टेस्टमा उच्च योगफल २०१८ पाकिस्तानविरुद्ध ३ सय ३९ रन थियो । आयरल्यान्डका युवा अलराउन्डर कर्टिस क्याम्फरले २ सय २९ बलमा १५ चौका र २ छक्कासहित सर्वाधिक १ सय ११ रनको सानदार शतकीय इनिङ खेले । त्यस्तै स्टर्लिङले १ सय ८१ बलमा ९ चौका र ४ छक्कासहित १ सय ३ रनमा आउट भए ।
क्याम्फर र स्टर्लिङ दुबैले आफ्नो टेस्ट करिअरको पहिलो शतक हानेका हुन् । स्टर्लिङ आयरल्यान्डबाट टेस्ट, ओडिआई र टि२० आई तीनै संरचनामा शतक हान्ने दोस्रो खेलाडी बनेका छन् । केभिन ओ ब्रायन तीनै संरचनामा शतक हान्ने आयरल्यान्डका पहिलो खेलाडी हुन् ।
कप्तान एन्डी बालबिर्नी १ सय ६३ बलमा १४ चौकासहित ९५ बनाउँदै शतक बनाउनबाट चुके । ह्यारी टेक्टर १८ र एन्डी म्याकबर्नी ३५ रनमा आउट भए । युवा विकेटकिपर लोर्कान टकर १ सय ६ बलमा १० चौकासहित ८० रनमा आउट भएका थिए । श्रीलंकाका स्पिनर प्रवथ जयसूर्याले सर्वाधिक पाँच विकेट लए ।
विश्व फ्रेनान्डो र असिथा फ्रेनान्डोले समान दुई विकेट लिए । दोस्रो दिनको खेल सकिँदा श्रीलंका पहिलो इनिङमा १८.१ ओभरमा कुनै विकेट नगुमाइ ८१ रन बनाएको छ । श्रीलंका ४ सय ११ रनले पछि छ ।
श्रीलंकाका कप्तान दिमुथ करुणारत्ने ४५ बलमा ६ चौकासहित ३९ रनमा क्रिजमा छन् । निशान मदुशका ६४ बलमा ६ चौकासहित ४१ रनमा क्रिजमा छन् । दुई टेस्ट खेलको सिरिजमा श्रीलंका १–० ले अघि छ । पहिलो खेलमा श्रीलंका २ सय ८० रनको इनिङ अन्तरले विजयी भएको थियो ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]