2 years ago
April 25, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा चेन्नई सुपर किंग्सबाट सानदार प्रदर्शन गरेपछि भारतले अजिंक्या रहाणेलाई टोलीमा बोलाएकोछ । भारतले आगमी जुनमा अष्ट्रेलियासँग खेल्ने आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलको लागि टोली घोषणा गर्दा रहाणे टोलीमा छन् ।
रहाणले चेन्नई सुपर किंग्सबाट सानदार प्रदर्शन गर्दै आएका छन् । यस सिजनको आइपिएलमा ५ खेलमा २ अर्धशतकसहित २ सय ९ रन बनाएका छन् । रहाणे आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । कोलकाताविरुद्ध २९ बलमा ६ चौका र ५ छक्कासहित ७१ रनको आक्रामक इनिङ खेलेका थिए ।
मुम्बइविरुद्ध २७ बलमा ७ चौका र ३ छक्कासहित ६१ रनको इनिङ खेलेका थिए । राजस्थान रोयल्सविरुद्ध ३१ र रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध ३७ रनमा आउट भएका थिए । रहणेपछिल्लो पटक भारतीय टेस्ट टोलीमा २०२२ जनवरीमा दक्षिण अफ्रिका भ्रमणमा थिए ।
तर दक्षिण अफ्रिका भ्रमणमा खराब प्रदर्शनपछि उनी टोलीबाट बाहिरिएका थिए । त्यसपछि भारतीय टोलीमा स्थान बनाउन सकेका थिएनन् । यस सिजनको आइपिएलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहाणे फरक शैलीमा प्रस्तुत हुँदै आएका छन् ।
भारतका दुई प्रमुख खेलाडी श्रेयस ऐर र जस्प्रित बुमराहले भने फाइनल गुमाउने भएका छन् । इंग्ल्यान्डमा जुन ७ देखी सुरुहुने उक्त सिरिजको लागि भारतले पाँच तीव्र गतिका बलरलाई टोलीमा राखेको छ ।
चेतेश्वर पुजाराले मध्यक्रममा सम्हाल्नेछन् । रोहित शर्माको कप्तानीमा घोषणा टोलीमा विराट कोहली र चेतेश्वर पुजारा जस्ता स्टार ब्याटर टोलीमा छन् । उता अष्ट्रेलियाले पनि भारतसँग खेल्ने फाइनलको लागि टोली घोषणा गरि सकेको छ ।
२०२१/२३ सम्म चलेको विश्व टेस्ट च्याम्पियनसिपमा भारत दोस्रो स्थानमा रहँदै फाइनल खेलेको हो । अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो । यसअघि २०२१ मा भएको पहिलो संस्करणको टेस्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।
भारतको टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्या रहाणे, लोकेश राहुल, केएस भरत (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज, उमेश यादव र जयदेव उनादकट ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]