2 years ago
April 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान मोहम्मद अस्लामको पाँच विकेटमा सिंगापुरले एसिसी प्रिमियर कपमा कुवेतलाई १ सय १४ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सिंगापुर ३१.४ ओभरमा १ सय १३ रनमा अल आउट भयो ।
सिंगापुरका आमत्य कौलले ६० बलमा ९ चौकासहित सर्वाधिक ४५ रन बनाए । मनप्रीत सिंह ४४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा आउट भए । कुवेतको स्पिन आक्रामण सामू निरिह बन्नेक्रममा सिंगापुरका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्पिनर मोहम्मद इस्लाम र शिराज खानले सिंगापुरको इनिङ धरासयी बनाएका थिए ।
ओपनर अरित्र दत्त ४, अवि दिक्षित २, विनोथ भास्करन, सुरेन्द्र चन्द्रमोहन ६, थिलिपन १३, अर्यान मोदी, अक्षय पुरी र रमेश कलिमुथुले खाता खोल्न सकेनन् । कुवेतका मोहम्मद इस्लामले ८.४ ओभरमा २० रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । अर्का स्पिनर शिराज खानले ६ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । यासिन पटेलले ९ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।
समूह बी मा सिंगापुर सुरुवाती तीन खेलमा हारका साथ बाहिरी सकेको छ । कुवते २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । कुवेतले अन्तिम खेल बिहीबार खेल्नेछ । यी दुबै खेलमा विजयी हुँदा कुवेत भने सेमिफाइनलमा स्थान बनाउनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]