2 years ago
April 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरका विकेटकिपर युवा ब्याटर आर्यन मोदी एसिसी प्रिमियर कपमा कुवेतविरुद्ध खाता नखोली आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सिंगापुरले २३ ओभरमा ५ विकेट गुमाउँदै ८६ रन बनाएको छ ।
सिंगापुरका विनोथ भास्करन १ र सुरेन्द्र चन्द्रमोहन क्रिजमा छन् । युवा खेलाडी मोदी ८ बल खेल्दा खाता नखोली आउट भए । उनी स्पिनर शिराज खानको २१ औं ओभरको तेस्रो बलमा एज लागेर फस्ट स्लिपमा राजिभा सानदरुवानबाट क्याच आउट भए । मोदी यसअघि हङकङसँग २१ रन, बहराइनसँग ५ र युएईसँग डक आउट भएका थिए ।
अमात्य कौल ६० बलमा ९ चौकासहित ४५ रनमा क्याच आउट भए । मनप्रीत सिंह ४४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा एलबीडब्लू आउट भए । सिंगापुर लगातार तीन खेलमा हारका साथ सेमिफाइनल दौडबाट बाहिरि सकेको छ।
कुवेतका स्पिनर शिराज खानले ५ ओभरमा १३ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका छन् । कुवेतको भने यस खेलमा विजयी हुँदा सेमिफाइनल खेल्ने सम्भावना कायमै हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]