default_image

1 year ago

April 24, 2023

खेल नभएपनि नेपाल सेमिफाइनलमा पुग्ने

195 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा साउदीसँगको खेल नभए पनि नेपाल सेमिफाइनलमा पुग्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदीबीच बिहान ९ बजे खेल हुनुपर्ने हो । तर वर्षाको कारण खेल हुन सकेको छैन ।

दिउँसो २ः १५ सम्म खेल सुरु हुन नसकेमा स्थगित हुँदै दुबै टोलीले समान एक एक अंक बाँड्नेछन् । आज नेपाल र साउदीबीच खेल हुनसक्ने सम्भावना निकै कम छ । एक अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक हुनेछ । अन्तिम खेलमा नेपाल कतारसँग पराजित भएमा पनि सेमिफाइनलमा पुग्ने पक्का हुनेछ ।

आजको खेलमा साउदी र नेपालले अंक बाँड्दा समूह ए बाट कतार र मलेसिया बाहिरिनेछन् । ओमान र साउदी अरेवियाबीच बुधबार हुने खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । आजको खेलमा अंक बाँड्दा साउदी र ओमानबीचको खेल क्वाटरफाइनल सरह हुनेछ ।

यस खेलमा नेपाल विजयी हुँदा पाँच अंक हुनेछ । अन्तिम खेलमा नेपाल पराजित भएमा पनि समूह ए को शीर्ष दुईमा रहनेछ । त्यसैले आजको खेल नहुँदा पनि नेपाल सेमिफाइनलमा पुग्ने पक्का भएको हो । नेपालले समूह चरणको अन्तिम खेल बिहीबार कतारसँग टियुमा खेल्नेछ ।

कतारले बाँकी दुबै खेल जितेमा ४ अंक मात्रै हुन्छ । कतारले नेपाल र मलेसियासँग खेल्न बाँकी छ । मलेसियाले अन्तिम खेलमा कतारलाई हराएपनि ४ अंक मात्रै हुन्छ । तर ओमानको ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक छ । अन्तिम खेलमा ओमानले साउदीलाई हराउँदा ६ अंक हुनेछ । मलेसियासँग अंक बाँड्दा ओमानको ५ अंक हुनेछ ।

अथवा आज अंक बाँड्दा साउदीको ३ अंक हुनेछ । अन्तिम खेलमा ओमानलाई हराउँदा ५ अंक हुन्छ । आज खेल स्थगित हुँदा ४ अंक भन्दा माथि नेपाल बाहेक साउदी र ओमान मध्य एक टोली मात्रै पुग्न सक्छन् । त्यसैले नेपाल सेमिफाइनलमा पुग्ने पक्का भएको हो ।

समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । कतार २ खेलमा जित विहीन हुँदै पुछारमा छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।

समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । उता टियु मैदानमा आज हुनुपर्ने हङकङ र बहराइनबीचको खेल पनि वर्षाको कारण सुरु हुन सकेको छैन ।
बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।

कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ । यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.