2 years ago
April 24, 2023
एजेन्सी – सानदार ब्याटिङका साथ चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३३ औं खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । चेन्नईका अजिंक्या रहाणेले २९ बलमा ६ चौका र ५ छक्कासहित ७१ रनको सानदार इनिङ खेले । रहाणेले आफ्नो उच्च लयलाई निरन्तरता दिएपछि चेन्नईले विशाल योगफल तयार पारेको थियो ।
शिवम दुबेले २१ बलमा २ चौका र ५ छक्कासहित ५० रनको उत्कृष्ट इनिङ खेल्दै आउट भए । चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले ७.३ ओभरमा ७३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
ऋतुराज २० बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा बोल्ड आउट भए । उनी स्पिनर सुयस शर्माको बलमा बोल्ड भएका थिए । कन्वे ४० बलमा ४ चौका र ३ छक्कासहित ५६ रनमा आउट भए । रविन्द्र जडेजा ८ बलमा २ छक्कासहित १८ रनमा आउट हुँदा धोनी २ रनमा अविजित रहे ।
कोलकाताका कुलवान्त केजरोलियाले ३ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । वरुण चक्रवर्ती र सुयस शर्माले समान एक विकेट लिए ।
जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । कोलकाताका जेसन रोयले २६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । तर सुरुवात राम्रो नहुँदा जिताउन सकेनन् ।
रिंकु सिंह ३३ बलमा ३ चौका र ४ छक्कासहित ५३ रनमा अविजित रहे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर जगदीशन नारायण एक, सुनिल नारायण डक, वेंकटेश ऐर २०, नितिश राणा २७, आन्द्रे रसेल ९, डेविड विजा १ र उमेश यादव ४ रनमा आउट भए ।
चेन्नईका स्पिनर महेश थिक्सेनाले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । तुषार देशपान्डेले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । आकाश सिंह, मोईन अली, रविन्द्र जडेजा र मथिशा पाथिरानाले समान एक विकेट लिए ।
चेन्नई ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । उता कोलकाता भने ७ खेलमा २ मा जित र ४ मा हारसहित आठौं स्थानमा छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]