2 years ago
April 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरेवियाका ब्याटिङ प्रशिक्षक इफरान शरफराजले नेपाली दर्शक परिपक्क हुँदा आफ्नो टोली मात्रै नभएर विपक्षीलाई पनि समर्थन गर्ने बताएका छन् । एसिसी प्रिमियर कपमा सोमबार नेपालसँग खेल्नु अघि साउदीका ब्याटिङ प्रशिक्षक इफरानले हाम्रो खेलकुदसँग कुरा गर्दै उक्त प्रतिक्रिया दिएका हुन् ।
‘हामीले यो जितमा धेरै रमाइलो गर्यौ । साउदी अरेवियामा यो स्तरको क्रिकेट छ वा छैन तपाईहरुलाई थाहा नहुन सक्छ । हाम्रो लागि यो जितले धेरै महत्व राख्छ । नेपाल, कतार, मलेसिया, ओमान, युएई लगायतका देशमा मैदानको सुविधा छ । यी देशमा माटोले बनेको पिचहरु छ । तर हाम्रो देशमा त्यो सुविधा छैन । हाम्रोमा अधिकाम्स सिमेन्टको पिचमा क्रिकेट खेल्ने गर्दछन्’, इफरानले भने ।
शनिबार जितको लागि २ सय १७ रनको लक्ष्य साउदीले ३४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । साउदीका ओपनर अब्दुल वहिदले १ सय ८ बलमा २१ चौका र १ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनले मुख्य प्रशिक्षक कबिर खान आएपछि टोलीमा धेरै परिवर्तन आएको बताएका छन् । पाकिस्तानबाट ४ टेस्ट र १० ओडिआई खेलि सकेका उनले अफगानिस्तानमा पनि प्रशिक्षकको रुपमा काम गरि सकेको अनुभवछ ।
‘साउदी क्रिकेट बोर्डले हामीलाई विश्वका प्रमुख प्रशिक्षक कबिर खानलाई उपलब्ध गराएको छ । उनले पाकिस्तानबाट खेलि सकेका छन् । विश्वको प्रमुख पाँच प्रशिक्षकमा उनी पर्दछन् । उनको आगमनले हाम्रो टोलीमा मनोबल देखि सबै कुरामा परिवर्तन आएको छ । अन्तिम पटक हामीले थाईल्यान्डमा च्यालेन्जर कपको च्याम्पियन बनेका थियौं । यसै अनुसार खेल र प्रशिक्षक पाएमा हाम्रो क्रिकेट धेरै राम्रो हुनेछ’, उनले भने ।
साउदी अरेविया नयाँ देश हो । विश्व क्रिकेटमा उदय भएको छ । तर इफरान साउदीमा २० वर्षदेखिको क्रिकेट रहेको बताए । ‘अन्य सबै टोली ७–८ वर्षदेखि यो प्रतियोगिता खेल्दै आएका छन् । हाम्रो नयाँ टोली हो । हामी पहिलो पटक एसिया कप क्वालिफायर खेलेका छौं । हामीले यसरी खेल्दै गर्दा हाम्रो खेलाडीमा अनुभव हुनेछ । विस्तारै यस्तै प्रतियोगिता खेल्दै जादा यो टोली फरक हुनेछ’, उनले भने ।
‘नेपालको समूह ए मा रहेको साउदी २ खेलमा १ मा जित र १ मा हार व्यहोरेको छ । बाँकी दुई खेलमा नेपाल र ओमानलाई हराउन सके साउदीले सेमिफाइनलमा स्थान बनाउनेछ । इफरानले आफ्नो टोलीले पुरै प्रयास गर्ने बताए ।
‘हामी र खेलाडीको पुरा प्रयास खेल जित्ने हुनेछ । हामी क्वालिफायर गयौं । फाइनलको लागि हामीले पुरा प्रयास गर्नेछौं । बाँकी अल्लाहको हातमा छ’, उनले भने ।
साउदीले सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । पहिलो पटक साउदी धेरै समर्थक सामु खेल्नेछ । इफरानले आफ्ना खेलाडीलाई समर्थक सामु खेल्ने अनुभव नभएको बताए ।
हाम्रो खेलाडीमा नेपाली समर्थक सामु जस्तो भीड खेल्ने अनुभव छैन । नेपालका समर्थक धेरै छन् । यो होईन की उनीहरु एकतर्फ टोलीको समर्थन गर्दछन् । नेपालका समर्थक धेरै परिपक्क छन् । उनीहरु दोस्रो टोलीको पनि समर्थन गर्दछन् । नेपाली समर्थकको हाम्रो खेलाडी सामना गरेपछि आगमी दिनमा धेरै प्रतियोगितामा यस्ता दबाब सम्हाल्ने बानी पर्नेछ, इफरानले भने ।
समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया, ओमान र साउदीको समान २ खेलमा १ मा जित र १ मा हारसहित २-२ अंक भएपनि नेटरनरेटको कारण क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । कतार दुबै खेलमा हारका साथ पुछारमा छ ।
साउदील सोमबार नेपाल र बुधबार ओमानसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनलमा स्थान बनाउनेछ । समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । बहराइन, युएई र कुवेतको समान २ खेलमा १ मा जित र १ मा हारसहित २-२ अंक भएपनि नेटरनरेटको कारण दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।
सिंगापुर २ खेलमा जित विहीन हुँदै पुछारमा छ । यस प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । साउदी अघिल्लो महिना एसिसी च्यालेन्जर कपको उपाधि जित्दै प्रिमियर कपमा आएको हो । फाइनलमा साउदीले बहराइनलाई २६ रनमा अल आउट गरेको थियो ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]