2 years ago
April 23, 2023
काठमाडौं – युएईले एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्ध चार सय रन कटाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ४६ ओभरमा ५ विकेट गुमाउँदै ४ सय १७ रन बनाएको छ । युएईका वृत्य अरविन्द १ सय २९ बलमा १७ चौका र ५ छक्कासहित १ सय ६० रनमा क्रिजमा छन् । उनलाई आयन खानले ४४ बलमा ७ चौका र १ छक्कासहित ५३ रनमा क्रिजमा छन् ।
युएईका कप्तान मोहम्मद वासिम ८२ बलमा १ सय ६० रन बनाउँदै आउट थिए । वासिम ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनमा आउट भएका थिए । उनी आदित्य भर्गवको २८ औं ओभरमा पाँचौं बलमा थर्डम्यानमा मनप्रीत सिंहबाट क्याच आउट भएपछि दोहोरो शतकको अवसर गुमाएका थिए ।
वासिमले ३४ बलमा अर्धशतक पूरा गरेका थिए । ६२ बलमा शतक पूरा गरेका थिए । ७८ बलमा १ सय ५० रन पूरा गरेका थिए । दोस्रो विकेटका लागि वृत्य अरविन्द र मोहम्मद वासिमले दोस्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गरेका थिए ।
वृत्य अरविन्द ८४ बलमा १३ चौका र १ छक्कासहित ९२ रनमा क्रिजमा छन् । युवा ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए । रमिज शाहजाद शून्यमा आउट भए ।
आसिफ खान ११ र रोहन मुस्तफा ३ रनमा आउट भए । सिंगापुरका विनोथ भास्करन र आदित्य भर्गवले समान दुई विकेट लिएका छन् ।
युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले हराएको थियो । दोस्रो खेलमा हङकङसँग डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल रहन बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]