2 years ago
April 23, 2023
एजेन्सी – युएईका ओपनर तथा कप्तान मोहम्मद वासिमले एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्ध विष्फोटक अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेटम मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले १५ ओभरमा १ विकेट गुमाउँदै १ सय २३ रन बनाएको छ।
युएईका कप्तान मोहम्मद वासिम ४१ बलमा ४ चौका र ७ छक्कासहित ६३ रनमा क्रिजमा छन् । उनलाई वृत्य अरविन्दले ४३ बलमा ८ चौकासहित ४० रनमा क्रिजमा छन् । वासिमले ११ औं ओभरमा अक्ष पुरीलाई एकै ओभरमा तीन छक्का हानेका थिए ।
युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले हराएको थियो । दोस्रो खेलमा हङकङसँग डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल रहन बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ ।
युवा ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए ।
युएईको टोली :
मोहम्मद वासिम (कप्तान), आयन खान, आर्यन लाक्रा, आसिफ खान, जुनैद सिद्दिक, कार्तिक मयाप्पन, रमिज शाहजद, रोहन मुस्तफा, सन्चित शर्मा, वृत्य अरविन्द र जहुर खान ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]