2 years ago
April 22, 2023
एजेन्सी – अक्सनमा कीर्तिमान ३० करोड नेपाली रुपैयाँ पाएका कप्तान साम करनको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३१ औं खेलमा मुम्बई इन्डियन्सलाई २ सय १५ रनको विशाल लक्ष्य दिएको छ ।
मुम्बईको घरेलु मैदान वानखडे रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १४ रन बनायो । पन्जाबका कार्यवाहक कप्तान साम करनले २९ बलमा ५ चौका र ४ छक्कासहित ५५ रनको उत्कृष्ट इनिङ खेले ।
साम करन आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य पाउने खेलाडी हुन् । उनलाई गत डिसेम्बरमा अक्सनमा पन्जाबले १८ करोड ५० लाख भारु (झण्डै ३० करोड नेपाली रुपैयाँ) मा किनेको थियो । कुनैपनि खेलाडीले अक्सन र आइपिएलमा पाएको यो सर्वाधिक महँगो मूल्य थियो । उनी पछि यसै सिजनमा अष्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीनलाई मुम्बई इन्डियन्सले १७ करोड ५० लाख भारु (२८ करोड नेपाली रुपैयाँ) मा किनेको थियो । यी दुई बाहेक अन्य कुनैपनि खेलाडीले १७ करोड भारुमाथि आइपिएलमा मूल्य पाएका छैनन् ।
तीव्र गतिका बलिङ अलराउन्डर साम करनको उत्कृष्ट ब्याटिङको सहयोगमा धरमराएको पन्जाबले विशाल योगफल बनाएको हो । उनी तीव्र गतिका बलर जोफ्रा आर्चरको १९ औं ओभरको अन्तिम बलमा कट एण्ड बोल्ड आउट भए ।
वानखडेको ब्याटिङ सहयोगी पिचमा पन्जाबको सुरुवात औसत रह्यो । ओपनर म्याथ्यु शर्टलाई ११ रनमा गुमाएको थियो । उनले १० बलमा २ चौका प्रहार गरे । अर्का ओपनर प्रभसिमरन सिंह १७ बलमा १ चौका र २ छक्कासहित २६ रन बनाउँदै आउट भए । उनी अर्जुन तेन्दुलकरको बलमा एलबीडब्लू आउट भएका थिए ।
प्रमुख ब्याटर लियाम लिभिङस्टोन १२ बलमा १ छक्कासहित १० रनमा आउट भए । चोटको कारण यस सिजनमा दोस्रो खेल मात्रै खेलेका उनको पनि प्रदर्शन राम्रो हुन सकेन । लिभिङस्टोन स्पिनर पियुष चवालाको बलमा विकेटकिपर ईशान किशनबाट स्टम्पिङ आउट भएका थिए । अथर्व टैडे १७ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा पियुष चवालाको बलमा बोल्ड आउट भए ।
एक समय ८३-४ को अवस्थामा पुगेको पन्जाबलाई साम करन र हरप्रीत सिंह भाटियाले पाँचौं विकेटका लागि ५० बलमा ९२ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
हरप्रीत सिंह भाटिया २८ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा क्यामरन ग्रीनको बलमा बोल्ड आउट भए । युवा विकेटकिपर जितेश शर्माले ७ बलमा ४ छक्कासहित २५ रनको विष्फोटक इनिङ खेल्दै उत्कृष्ट अन्त्य गरे ।
मुम्बईका पियुष चवालाले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । क्यामरन ग्रीनले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । अर्जुन तेन्दुलकर, जेसन बेहरेनडोर्फ र जोफ्रा आर्चरले समान एक विकेट लिए।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]