2 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनलमा खेलमा युनाइटेड अरव इमिरेट्स युएईसँग खेल्ने सम्भावना उच्च बनेको छ । नेपालले शुक्रबार ओमानलाई ८४ रनले पराजित गर्यो । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।
नेपालले अव सोमबार साउदी अरेविया र बिहीबार कतारसँग खेल्नेछ । नेपाल दुबै खेलमा विजयी हुँदा समूह ए को विजेता बन्दै सेमिफाइनल खेल्नेछ । सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
समूह बी को खेलमा युएई शुक्रबार हङकङसँग डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित हुन पुग्यो । त्यसैको कारण सेमिफाइनलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुन सक्ने उच्च सम्भावना देखिएको छ । हङकङले सोमबार बहराइन र विहीबार कुवेतसँग खेल्नेछ । हङकङ बाँकी दुबै खेलमा जितका साथ समूह विजेता बन्ने उच्च सम्भावना बनाएको छ ।
युएईले अव आइतबार सिंगापुर र बुधबार बहराइनसँग खेल्नेछ । युएई समूह बी को विजेता बन्न पहिला दुबै खेलमा फराकिलो जित हात पार्नुपर्छ । उता हङकङले कम्तिमा एक खेलमा फराकिलो अन्तरले हार्नुपर्ने हुन्छ । जुन सम्भावना कम देखिन्छ ।
नेपालले ओमानलाई पराजित गरेपछि समूह ए को विजेता बन्ने पक्कापक्की जस्तैछ । हङकङसँगको हारसँगै युएई समूह बी को उपविजेता बन्ने उच्च सम्भावना छ । त्यसैले सेमिफाइनल खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको हो ।
एसिया कपको पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता र समूह बी को उपविजेताबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेता र समूह ए को उपविजेताबीच प्रतिस्पर्धा हुनेछ । कुन सेमिफाइनल कहाँ खेलाउने स्थान भने तय भएको छैन ।
समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । ओमान २ खेलमा १ मा हार र १ मा जितसहित तेस्रो स्थानमा छ । कतार र साउदी समान एक खेलमा अंक विहीन हुँदै चौथो र पाँचौं स्थानमा छन् ।
समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । बहराइन १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । युएई २ खेलमा १ मा जित र १ मा हारासहित तेस्रो स्थानमा छ । सिंगापुर २ खेल र कुवेत १ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।
सेमिफाइनलका खेलहरु वैशाख १६ (अप्रिल २९) मा हुनेछन् ।
फाइनल वैशाख १८ (मे १) मा हुनेछ । प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । यस प्रतियोगिता विजेता टोलीले एसिया कपमा समूह ए मा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]