2 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर करण केसी एसिसी प्रिमियर कपमा ओमानविरुद्ध प्लेइङ११ मा छन् । टियु क्रिकेट मैदानमा भएको टसमा ओमानका कप्तान जिसान मकसुदले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले केहि समयमै ब्याटिङ गर्दैछ । नेपालले मलेसियाको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ ।
तीव्र गतिका बलर करण केसीलाई नेपालले आजको खेलमा मौका दिँएको छ । गुलशन झा आज बेन्चमा छन् । टोलीमा भने अन्य परिवर्तन गरेको छैन ।
करणको ओमानविरुद्ध राम्रो इतिहास छ । करण केसीले ओमानविरुद्ध ६ ओडिआई खेलमा २० विकेट लिएका छन् । पछिल्लो पटक २०२२ मा ओमानविरुद्ध करणले ५–५ विकेट लिएका थिए । त्यसैले करणलाई मौका दिँदा गुलशनलाई बेन्चमा राखेको छ ।
नेपालको यो ५० औं ओडिआई खेल समेत हो । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् । नेपाल र ओमानबीचको आजको नतिजाले समूह ए को विजेता र उपविजेता निर्धारण गर्न सक्ने सम्भावना छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । उता ओमानले कतारलाई ४० रनले हराएको थियो ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।
ओमानको प्लेइङ ११ :
जिशान मकसुद (कप्तान), अकिब इलियास, कलिमुल्लाह, कश्याप प्रजापति, अदिल शफिक, जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान र फैयज बट ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]