2 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपमा आजको खेलमा ओमानविरुद्ध एक विकेट लिएमा ओडिआई क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाउनेछन् ।
नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ । सन्दीपले आजको खेलमा एक विकेट लिएमा ओडिआई इतिहासकै सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडीको कीर्तिमान बनाउनेछन् ।
सन्दीपले ४१ खेलमा ९९ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रदर्शन ६–११ छ । सन्दीपले आज एक विकेट लिएमा ४२ खेलमा एक सय विकेट ओडिआईमा पूरा गर्नेछन् । जुन ओडिआई क्रिकेट इतिहासकै सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान हुनेछ ।
ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए । यदि सन्दीपले आजको खेलमा विकेट लिन नसकेपनि उक्त कीर्तिमान तोड्ने सम्भावना कायमै रहेनेछ ।
सन्दीपले अर्को खेलमा उक्त कीर्तिमान तोड्न सक्छन् । सन्दीप आजसहित दुई खेलमा विकेटविहीन बनेमा भने त्यो अवसर गुम्नेछ । दोस्रो स्थानमा रहेका अष्टे«लियाका मिचेल स्टार्कले ५२ खेलमा एक सय विकेट पूरा गरेका थिए ।
पाकिस्तानका स्पिनर सक्लैन मुश्ताकले ५३ खेलमा, न्युजिल्यान्डका शेन बोन्ड र बंगलादेशका मुश्ताफिजर रहमानले ५४ खेलमा एक सय विकेट लिएका थिए । अष्ट्रेलियाका ब्रेट लीले ५५ खेलमा, न्युजिल्यान्डका टे«न्ट बोल्ट र भारतका मोहम्मद शामीले समान ५६ खेलमा पूरा गरेका थिए ।
सन्दीप ओडआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वकै दोस्रो खेलाडी हुन् । सन्दीपले २२ खेलमा ओडिआईमा ५० विकेट पूरा गरेका थिए । १९ औं खेलमा श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम गरेका थिए ।
सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचमाथि विकेट लिएका छन् । सन्दीप ओडिआईमा नेपालबाट एक सय विकेट पूरा गर्ने पहिलो खेलाडी बन्नेछन् । सन्दीपले आइसिसी विश्वकप लिग–२ मा २०२० फेब्रुअरी १२ मा टियु मैदानमा सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।
सन्दीपले २०२१ सेप्टेम्बर १० मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा अल अमरेतमा सन्दीपले ५।१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए । जुन ओडिआईमा नेपालको उत्कृष्ट बलिङ प्रदर्शन हो । सन्दीपपछि नेपालबाट ओडिआईमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् ।
सोमपाल कामीले ४४ खेलमा ६१ विकेट लिएका छन् । करण केसीले ३८ खेलमा ५६ विकेट लिएका छन् । अन्य नेपाली बलरले ओडिआईमा ५० माथि विकेट लिन सकेका छैनन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]