default_image

2 years ago

April 20, 2023

नेपाल विरूद्ध ओमान : ओडिआई मान्यता अनिश्चित

347 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा शुक्रबार टियु क्रिकेट मैदानमा ओमानसँग खेल्दैछ । खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछ । नेपाल र ओमान दुवै ओडिआई मान्यता प्राप्त टोली हुन् । आइसिसीको नियम अनुसार यस खेलले ओडिआई मान्यता पाउनु पर्ने हो ।

तर खेल सुरु हुन अघिल्लो दिन सम्म ओडिआई खेल हो वा होईन अनिश्चित बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई ओडिआई मान्यता दिन पत्र पठाइसकेको छ । तर ओडिआईका लागि स्वीकृति नआउँदा खेलको मान्यता अन्यौलमा परेको छ । यसपटक प्रतियोगिताका खेल ५०- अ‍ोभर खेल मात्र भनिएको छ । सामान्यतया आइसिसीको प्रतियोगिता लिस्ट ए मान्यता प्राप्त हुने गर्दथे । तर अन्य खेल लिस्ट ए नभएजस्तै क्यानले पनि आइसिसीबाट स्वीकृति नआउँदासम्म अ‍ोमानसँगको खेल ओडिआई मान्यता भन्न नमिल्ने जनाएको छ ।

‘हामी आइसिसीको इमेलको पखाईमा छौं । तर हालसम्म (बिहीबार साँझसम्म) आएको छैन । त्यसैले हामीले कसरी ओडिआई खेल भन्नु । उनीहरुले ओडिआई मान्यता दिने सम्भावना छ । तर आइसिसीले स्वीकृति नदिएसम्म हामीले ओडिआई खेल हो भन्ने अवस्था छैन’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले हाम्रो खेलकुदसँग भने ।

त्यसैमा उनले थपे, ‘पछि ओडिआई मान्यता पनि देला । तर तत्काल ओडिआई नै हो भन्ने अवस्था रहेन । सबै कुरा ओडिआई मान्यता अनुसार पनि छ । आइसिसीको प्रतियोगिता हुन्थ्यो भने आफैं हुन्थ्यो । यो प्रतियोगिता एसिसीको हुँदा हामीले स्वीकृति लिनुपर्छ । तर अहिले सम्म स्वीकृति आएको छैन । हामीहरुले कुरा गर्दा उनीहरु सहमत छन् । तर लिखित रुपमा नआएसम्म हामीले आफै भन्न पाएनौं । हामीले आइसिसीले भनेको सबै कागजात पठाइसकेका छौं ।’

२०१८ मा मलेसियामा भएको एसिया कप छनोटमा नेपाल र युएईबीचको खेलले ओडिआई मान्यता पाएको थियो । उक्त खेलमा नेपालका सागर पुनले ओडिआई खेलमा डेब्यू गरेका थिए । यदि ओडिआई मान्यता पाएमा नेपालको यो ५० औं ओडिआई खेल हुनेछ । नेपालले हालसम्म ७ देशसँग ४९ ओडिआई खेल खेलेको छ ।

सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडिआई खेलेको छ । ४९ ओडिआईमा नेपालको २६ मा जित, २१ मा हार, एक मा टाई र एक खेलमा नतिजा बिहीन छ । नेपालले कुल ७ देशसँग ओडिआई खेल खेलेको छ ।

४९ मध्य नेपालले आइसिसी विश्वकप लिग–२ मा ३६ खेल खेलेको थियो । बाँकी १२ खेल सिरिजको रुपमा र एक खेल प्रतियोगितामा खेलेको थियो । नेपालले ओडिआईमा सर्वाधिक धेरै खेल युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

नेपालले युएईसँग १३, पपुवा न्युगिनीसँग १०, ओमान, नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग समान ६ ओडिआई खेल खेलेको छ । नेदरल्यान्ड्ससँग दुई ओडिआई खेल खेलेको छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.