2 years ago
April 20, 2023
एजेन्सी – विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २७ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरबाट पन्जाब किंग्सविरुद्ध कप्तानी गर्ने भएका छन् । नियमित कप्तान फाफ डु प्लेसिस पूर्ण रुपमा फिट नभएपछि पूर्वकप्तान विराट कोहलीले उक्त नेतृत्व गरेका हुन् ।
मोहालीमा भएको टसमा पन्जाबका साम करनले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । फाफ डु प्लेसिसले फिल्डिङ नगरेपनि ब्याटिङ गर्नेछन् । डु प्लेसिस इम्प्याक्ट प्लेयरको रुपमा खेल्ने विराट कोहलीले जनाएका छन् । उनले तीव्र गतिका बलर विजयकुमार वैश्यकको स्थान लिनेछन् ।
उता पन्जाबमा स्टार अलराउन्डर लियाम लिभिङटोन टोलीमा फर्किएका छन् । लिभिङस्टोन टोलीमा फर्किदा पन्जाबको मध्यक्रम मजबुत बन्नेछन् । त्यस्तै तीव्र गतिका बलर नाथन एलिस पनि आजको खेलमा टोलीमा छन् ।
पन्जाबको प्लेइङ ११ : अथर्व टैड, म्याथ्यु सर्ट, हरप्रति सिंह भाटिया, लियाम लिभिङस्टोन, साम करन(कप्तान), जितेश शर्मा(विकेटकिपर), शाहरुख खान, हरप्रीत ब्रार, नाथन एलिस, राहुल चाहर र अर्शदीप सिंह ।
बेंगलोरको प्लेइङ ११ : विराट कोहली(कप्तान), फाफ डु प्लेसिस (इम्प्याक्ट), महिपाल लोमरोर, ग्लेन म्याक्सवेल, शहबाज अहमद, दीनेश कार्तिक, वानिन्दु हसरंगा, सूयश प्रभूदेशाई, हर्षल पटेल, वायन पार्नेल र मोहम्मद शिराज ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]