default_image

1 year ago

April 19, 2023

७ छक्का हान्दै आउट भए परविन्दर

168 views

0 Bookmark

एजेन्सी – कुवेतका परविन्दर कुमारले एसिसी प्रिमियर कपमा युएईविरुद्ध विष्फोटक अर्धशतक प्रहार गर्दै आउट भएका छन् । जितको लागि ३ सय ७२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले १० ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनाएको छ ।

परविन्दर कुमार २६ बलमा १ चौका र ७ छक्कासहित ५३ रनमा आउट भए । उनी स्पिनर आयन खान अफ्जलको १० औं ओभरको तेस्रो बलमा बोल्ड आउट भए । उनले २२ बलमा अर्धशतक प्रहार गरेका थिए । युएईका तीव्र गतिका बलर जुनैद सिद्धिकले तीन, सन्चित शर्मा र आयन खान अफ्जलले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७१ रन बनाएको थियो । युएईका वृत्य अरविन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रनको विष्फोटक शतकीय इनिङ खेले ।

अनुभवी ब्याटर रोहन मुस्तफा १ सय २५ बलमा १० चौका र ४ छक्कासहित १ सय १८ रनमा आउट भए । एक समय २४–३ को दयनीय अवस्थामा पुगेको युएईलाई विशाल योगफलमा पुर्याउन रोहन मुस्तफा र वित्य अरविन्दले २ सय ७५ रनको यादगार दोहोरो शतकीय साझेदारी गरेका थिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.