default_image

2 years ago

April 19, 2023

वृत्य र मुस्तफाको सानदार शतकमा युएईको रनको वर्षा

220 views

0 Bookmark

एजेन्सी – युवा खेलाडी वृत्य अरविन्द र अनुभवी अलराउन्डर रोहन मुस्तफाको सानदार शतकमा युएईले एसिसी प्रिमियर कपमा कुवेतलाई ३ सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७१ रन बनायो । युएईका वृत्य अरविन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रनको विष्फोटक शतकीय इनिङ खेले । प्रविन्दर कुमारको अन्तिम ओभरको दोस्रो बलमा एज लागेर आउट भएपछि वृत्य दोहोरो शतक प्रहार गर्नबाट चुकेका थिए ।

अनुभवी ब्याटर रोहन मुस्तफा १ सय २५ बलमा १० चौका र ४ छक्कासहित १ सय १८ रनमा आउट भए । मुस्तफाले १६ बलमा खाता खोलेका थिए । ९५ बलमा अर्धशतक पूरा गरेका थिए । तर अन्तिम ३० बलमा मुस्तफाले ६८ रन बनाएका थिए ।

एक समय २४–३ को दयनीय अवस्थामा पुगेको युएईलाई विशाल योगफलमा पुर्याउन रोहन मुस्तफा र वित्य अरविन्दले २ सय ७५ रनको यादगार दोहोरो शतकीय साझेदारी गरेका थिए । ४७ औं ओभरको तेस्रो बलमा सैयद मोनिबको बलमा मुस्तफा विकेटकिपर उस्मानघानी इब्राहिमबाट क्याच आउट भएपछि उक्त साझेदारी तोडिएको थियो ।

युएईकोे सुरुवात भने सम्झन लायक थिएन । कप्तान मोहम्मद वासिम पहिलो ओभरको चौथो बलमै ८ रनमा क्याच आउट भएका थिए । तीव्र गतिका बलर शाहरुख कुद्दुसको बलमा वासिम फस्ट स्लिपमा मिट भावसारबाट क्याच आउट भए । उनले ४ बलमा २ चौका प्रहार गरे ।

स्पिनर यासिन पटेलले दोस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर आर्यन लाक्रालाई शून्यमा बोल्ड आउट गरे । शाहरुखले पाँचौं ओभरको चौथो बलमा अनुभवी ब्याटर रमिज शाहजादलाई ९ रनमा क्याच गराए । शाहजाद मोहम्मद अमिनबाट मिड अनमा क्याच आउट भएका थिए ।

आसिफ खान ९ बलमा २ चौका र ३ छक्कासहित ३० रनमा आउट भए । कुवेतका प्रविन्दर कुमारले ३ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । शाहरुखले ८ ओभरमा ६० रन खर्चेर २ विकेट लिए । यासिन पटेल र सैयद मोनिबले समान एक एक विकेट लिए ।

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]

Success

Thank you for your time.