2 years ago
April 18, 2023
राकेश तिमल्सिना, चितवन
भरतपुर मेयरकप बागमती प्रदेश यू १६ क्रिकेट प्रतियोगितामा मंगलबार भक्तपुर र चितवन विजयी भएका छन् । भक्तपुरले मकवानपुरलाई ५ विकेट र चितवनले नुवाकोटलाई २३ रनले पराजित गर्यो ।
निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले निर्धारित २५ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रनमा समेटियो ।
१४ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको मकवानपुरले खेलको लय समात्न नसक्दा सामान्य योगफलमा सिमित हुनु पर्यो । मकवानपुरका लागि आशिक अधिकारी र रोहित ठाकुरले समान २५ रन जोडे । त्यस्तै अमन कुमार यादव र रौशान कुमार रायले समान १२ रन जोडे ।
मकवानपुरलाई सामान्य स्कोरमा रोक्ने क्रममा भक्तपुरका विवेक यादवले ४ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । संयम नेपाल र जेसन अधिकारीले समान २ विकेट, कुमार शाह र पुजन भण्डारीले समान १ विकेट लिए ।
१ सय १० रनको लक्ष्य पछ्याएको भक्तपुरले भक्तपुरले १९.४ ओभरमा ५ विकेट गुमाएर जित हासिल गर्यो । टोलीका आकाश कुमार शाहले ३० बल खेल्दै ४ चौकासहित नटआउट २६ रन बनाए । ओपनर संयम नेपालले २८ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा २९ रन जोडे ।
सातौं ओभरको चौथो बलमा उनी अमन कुमार यादवको बलिङमा गोकुल अधिकारीबाट क्याच आउट भए । मध्यक्रममा रोहित शर्माले २० रन बनाए । मकवानपुरका अमन कुमार यादवले २ विकेट लिए । रोशन कुमार यादव, रौशान कुमार राय र रोहित ठाकुरले समान १ विकेट लिए । भक्तपुरका संयम नेपाल खेलको प्लेयर अफ द म्याच भए ।
अर्को खेलमा १ सय २३ रनको मध्यम लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नुवाकोटले २३ रनको हार बेहोर्यो । २० औं ओभरको चौथो बलमा अलआउट हुदै नुवाकोट ९९ रनमात्र जोड्न सक्यो । नुवाकोटका लागि ओपनर रोशन विश्वकर्माले सर्वाधिक ३९ रन बनाए । २८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । संगम थापा मगरले १९ र विज्ञानचौलागाईले १६ रन जोडे ।
चितवनका लागि विशाल खत्रीले १७ औं ओभरको तेश्रो, चौथो र पाँचौ बलमा विकेट लिदै ह्याट्रिक पूरा गरे । ५ ओभर बलिङ गरेका उनले १३ रन खर्चिएर ४ विकेट लिए । सुगम सापकोटाले २ र दिपेश क्षेत्रीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २५ ओभरमा ९ विकेट गुमाउदै १ सय २२ रन बनाएको थियो । टोलीका लागि सुर्यान्शु कोइरालाले अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ८ चौकासहित ५४ रन बनाए । बलिङमा नुवाकोटका आशुतोष पाण्डेले ४,सुशिल साउदले २ तथा रोसिस सुनार र रोशन विश्वकर्माले समान १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच चितवनका विशाल खत्री चुनिए ।
प्रतियोगितामा बुधबार हुने पहिलो खेलमा मकवानपुर र काठमाडौं तथा अर्को खेलमा चितवन र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । भरतपुर महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भैरहेको प्रतियोगिता वैशाख ७ गतेसम्म चल्नेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]