2 years ago
April 18, 2023
एजेन्सी – युवा ब्याटर क्यामरन ग्रीनको अर्धशतकमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २५ औं खेलमा सनराइजर्स हैदराबादलाई १ सय ९३ रनको बलियो लक्ष्य दिएको छ।
हैदराबादको घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । मुम्बईका क्यामरन ग्रीन ४० बलमा ६ चौका र २ छक्कासहित ६४ रनमा नटआउट रहे ।
उनको यो आइपिएलको पहिलो अर्धशतक हो । गत डिसेम्बरमा आइपिएल अक्सनमा मुम्बईले ग्रीनमाथि धनको वर्षा गर्नेक्रममा १७ करोड ५० लाख भारु (२८ करोड नेपाली रुपैयाँ) खर्चेर ग्रीनलाई किनेको थियो । सुरुवाती खेलमा भने ग्रीन चल्न सकेका थिएनन् । उनी पन्जाब किंग्सका साम करन १८ करोड ५० लाख भारुपछि आइपिएल अक्सन इतिहासमै सर्वाधिक मूल्य पाउने खेलाडी हुन् ।
टिम डेविड ११ बलमा २ चौकासहित १६ रनमा रन आउट भए । ओपनर तथा कप्तान रोहित शर्मा १८ बलमा ६ चौकासहित २८ रनमा आउट भए । रोहित तीव्र गतिका बलर टि नटराजनको बलमा कप्तान एडेन माक्ररमबाट क्याच आउट भए ।
रोहित आउट हुँदा मुम्बई ४.४ ओभरमा ४१-१ को अवस्थामा थियो । ईशान किशन ३१ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । दोस्रो विकेटका लागि ग्रीन र ईशान किशनले ४६ रनको साझेदारी गरेका थिए । सूर्यकुमार यादव ७ रनमै क्याच आउट भए ।
सूर्य र ईशान दुबै तीव्र गतिका बलर मार्को यानसनको बलमा माक्ररमबाट क्याच आउट भएका थिए । चौथो विकेटका लागि ग्रीन र तिलक बर्माले २८ बलमा ५६ रनको साझेदारी गरेका थिए । बर्मा १७ बलमा २ चौका र ४ छक्कासहित ३७ रनको आक्रामक इनिङ खेल्दै आउट भए ।
हैदराबादका मार्को यानसनले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । भुवनेश्वर कुमारको नाममा १ विकेट रह्यो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]