default_image

2 years ago

April 18, 2023

उपाधि दाबेदार नेपालको सानदार विजयी सुरुवात

321 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कुशल मल्ल र भीम सार्कीको उत्कृष्ट ब्याटिङमा उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कपमा मलेसियामाथि ६ विकेटको सानदार जित हात पारेको छ । समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा जितका साथ महत्वपूर्ण दुई अंक बटुलेको हो ।

जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल मल्ल ४० बलमा ५ चौका र ५ छक्कासहित ७० रनमा नटआउट रहे । चौका हान्दै खेल सकाएका दीपेन्द्रसिंह ऐरी ५ रनमा अविजित रहे ।

भीम सार्की ९८ बलमा ५ चौकासहित ७१ रनमा आउट भए । भीमले ७५ र कुशलले २८ बलमा अर्धशतक पूरा गरेका थिए । चौथो विकेटका लागि भीम र कुशल मल्लले १ सय १२ रनको सानदार शतकीय साझेदारी गरेका थिए । नेपालले ओपनर आसिफ शेखलाई एक रनमै गुमाएको थियो ।

तीव्र गतिका बलर मोहम्मद वाफिकको पहिलो ओभरको अन्तिम बलमा आसिफ कट एण्ड बोल्ड आउट हुन पुगे । दोस्रो विकेटका लागि भीम सार्की र कुशल भुर्तेलले ४८ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल ३१ बलमा ५ चौका र २ छक्कासहित ३८ रनमा आउट भए ।

कुशल तीव्र गतिका बलर रिजवान हैदरको दशौं ओभरको पहिलो बलमा स्क्वायर लेगमा खिजायर हायतबाट क्याच आउट भएका थिए । कप्तान रोहित पौडेल ४३ बलमा ५ चौकासहित ४२ रनमा आउट भए ।

मलेसियाका मोहम्मद वाफिक, रिजवान हैदर, विजयी उन्नी र विरनदीप सिंहले समान एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । मलेसियाका कप्तान अहमद फैजले ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रन बनाएपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन ।

मलेसियालाई ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए । गुलशन झाको बलमा कभरमा सट खेल्ने धुनमा आमिर १७ रनमा दीपेन्द्रसिंह ऐरीबाट सहज क्याच आउट भएका थिए । उनले १८ बलमा ३ चौका प्रहार गरेका थिए । दोस्रो विकेटका लागि अहमद फैज र विरनदीप सिंहले १ सय १६ रनको शतकीय साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।

स्पिनर सन्दीप लामिछानेले ३४ औं ओभरको दोस्रो बलमा विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । युवा ब्याटर विरनदीप ९४ बलमा २ चौकासहित ४६ रनमा आउट भए । तल्लोक्रमका खिजर हायत २५ बलमा १ चौका र १ छक्कासहित २२, सैयद अजिज १३ र विजय उन्नी १२ रनमा आउट भए । सैजरुल १३ बलमा १ चौका र २ छक्कासहित २१ रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर सोमपाल कामीले ९ ओभरमा ४० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । ललितनारायण राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले ५ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर १ विकेट लिए ।

समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूह ए मा ओमान, नेपाल, कतार, मलेसिया र साउद अरेविया छन् । बुधबार टियु मैदानमा युएई र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । मुलपानीमा ओमान र कतार भिड्नेछन् । प्रतियोगिता शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन् । नेपालले अव शुक्रबार ओमानसँग खेल्नेछ । मलेसियाले बिहीबार साउदी अरेवियासँग माथिल्लो मुलपानीमा खेल्नेछ ।

माथिल्लो मुलपानी मैदानमा भएको खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हरायो । जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा बाबर हायत ९४ बलमा १० चौका र ६ छक्कासहित १ सय ८ रनमा अविजित रहे ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.