2 years ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाका युवा ब्याटर विरनदीप सिंह एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपालविरुद्ध आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले ३९ ओभरमा ३ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको छ । मलेसियाका सैज अजिज २ र विजय उन्नी १२ रनमा क्रिजमा छन् ।
युवा ब्याटर विरनदीप ९४ बलमा २ चौकासहित ४६ रनमा आउट भए । उनी स्पिनर ललित राजवंशीको ३८ औं ओभरको पहिलो बलमा सोमपाल कामीबाट क्याच हुन पुगेका थिए । पछिल्लो समय नेपालमा टि२० फ्रेन्चाइज लिग खेल्दै आएका विरनदीप नेपालविरुद्ध संयमित ब्याटिङ गर्दै आउट भएका हुन् ।
विरनदीपले २०२१ मा एभरेष्ट प्रिमियर लिग चितवन टाइगर्सबाट खेलेका थिए । गतवर्ष नेपाल टि२० लिग विरनदीपले काठमाडौं नाइट्सबाट खेलेका थिए । मलेसियाका कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित ७६ रन बनाउँदै आउट भए ।
दोस्रो विकेटका लागि अहमद फैज र विरनदीप सिंहले १ सय १६ रनको शतकीय साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।
स्पिनर सन्दीप लामिछानेले ३४ औं ओभरको दोस्रो बलमा विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । मलेसियालाई ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए ।
गुलशन झाको बलमा कभरमा सट खेल्ने धुनमा आमिर १७ रनमा दीपेन्द्रसिंह ऐरीबाट सहज क्याच आउट भएका थिए । उनले १८ बलमा ३ चौका प्रहार गरे ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]