default_image

2 years ago

April 17, 2023

बेंगलोरमाथि चेन्नईको उत्कृष्ट पूनरागमन जित

189 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ रनले पराजित गरेको छ । यो जितसँगै चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि २ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले ३६ बलमा ३ चौका र ८ छक्कासहित ७६ रनको विष्फोटक इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

कप्तान फाफ डु प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनमा आउट भए । तर तल्लोक्रमका ब्याटर नचलेपछि बेंगलोर पराजित भएको हो । एक समय १५-२ को खराब सुरुवात गरेको बेंगलोरलाई तेस्रो विकेटका लागि म्याक्सवेल र डु प्लेसिसले ६१ बलमा १ सय २६ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा हाबी बनाएका थिए ।

एक समय बेंगलोर १२ ओभरमा १४१-२ को बलियो अवस्थामा थियो । १३ औं ओभरको पहिलो बलमा म्याक्सवेल आउट भएपछि लगातार विकेट गुमाएको थियो । बेंगलोरका प्रमुख खेलाडी विराट कोहली पहिलो ओभरको चौथो बलमा आकाश सिंहको बलमा ६ रनमा बोल्ड भएका थिए ।

महिपाल लोमर शून्यमा क्याच आउट भए । म्याक्सवेल र डु प्लेसिसको शतकीय साझेदारी स्पिनर महेश थिक्सेनाले तोडेका थिए । उनले विकेटकिपर धोनीबाट क्याच गराउँदै उक्त साझेदारीमा पूर्णविराम लगाए । डु प्लेसिस पनि मोईन अलीको बलमा धोनीबाट क्याच आउट भए ।

दीनेश कार्तिक १४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा क्याच आउट भए । बेंगलोरलाई जितको लागि अन्तिम १८ बलमा ३५ रन चाहिँएको थियो । १८ औं ओभरमा युवा तीव्र गतिका बलर मथिसा पाथिरानाले मात्रै ४ रन खर्चेर १ विकेट लिएपछि चेन्नई जिततर्फ अघि बढेको थियो । शहबाज अहमद १२, सुयश प्रभुदेशाई १९ र वायन पार्नेल २ रनमा आउट भए ।

चेन्नईका तीव्र गतिका बलर तुषार देशपान्डेले ४ ओभरमा ४५ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । मथिसा पाथिरानाले दुई, आकाश सिंह, मोईन अली र महेश थिक्सेनाले समान एक विकेट लिए ।

त्यसअघि बेंगलोरको घरेलु मैदान चिन्नास्वामीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो। चेन्नईको जितमा ओपनर डेभन कन्वेले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिएका थिए ।

शिबम दुबे २७ बलमा २ चौका र ५ छक्कासहित ५२ रनमा आउट भए । तेस्रो विकेटका लागि दुबे र कन्वेले ३७ बलमा ८० रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । तीव्र गतिका बलर हर्षल पटेलको १६ औं ओभरको चौथो बलमा कन्वे फुलटस बलमा बोल्ड भएपछि साझेदारीमा ब्रेक लागेको थियो ।

चेन्नईले ओपनर ऋतुराज गायकवाडलाई तीन रनमै गुमाएको थियो । तर दोस्रो विकेटका लागि कन्वे र अजिंक्या रहाणेले ४३ बलमा ७४ रनको उत्कृष्ट साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । रहाणे २० बलमा ३ चौका र २ छक्कासहित ३७ रन जोड्दै आउट भए ।

अम्बाती रायुडू ६ बलमा १ चौका र १ छक्कासहित १४ रनमा आउट भए । मोईन अली ९ बलमा २ छक्कासहित १९ रनमा अविजित रहँदा रविन्द्र जडेजा १० रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी १ बलमा एक रनमा अविजित रहे ।

बेंगलोरका विजयकुमार वैश्यकले ४ ओभरमा ६२ रन खर्चेर १ विकेट लिए । मोहम्मद शिराज, वेन पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए ।

चेन्नई पहिलो खेलमा गुजरात टाइटन्ससँग पाँच विकेटले पराजित भएको थियो । त्यसपछि चेन्नईले लखनऊलाई १२ रन र मुम्बईलाई ७ विकेटले हराएको थियो । अन्तिम खेल राजस्थान रोयल्ससँग तीन रनले पराजित भएको थियो । चेन्नई शुक्रबार सनराइजर्स हैदराबादसँग खेल्नेछ ।

बेंगलोरले पहिलो खेलमा मुम्बईलाई ८ विकेटले हराएको थियो । त्यसपछि कोलकातासँग ८१ रन र लखनऊसँग एक विकेटले पराजित भएको थियो । दिल्लीलाई २३ रनले हराएको थियो । बेंगलोरले बिहीबार पन्जाब किंग्ससँग खेल्नेछ ।

चेन्नई ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । राजस्थान रोयल्स ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ शीर्ष स्थानमाछ । लखनऊ ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ नेटरनरेटमा माथि रहँदै दोस्रो स्थानमा छ । बेंगलोर ५ खेलमा २ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ । दिल्ली पाँचै खेलमा पराजित हुँदै पुछारमा छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.